काठमाडौं । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० मा रहेको ‘कुलिङ अफ पिरियड’ प्रकरणसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
शुक्रबार, प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावपछि सभामुखले प्रतिनिधि सभा सचिव हर्कराज राईलाई प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सबै दलका संसदीय कार्यालयमा पठाउन आदेश दिएका हुन्।
यसबाहेक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सचिवालयलाई पनि प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।




