देश

राष्ट्रपति र सभामुखबीच भेटवार्ता, सभामुख घिमिरे जेनेभा जाने तयारीमा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपति सचिवालयका अनुसार भेटमा सभामुख घिमिरेले जुलाई २९ देखि ३१ सम्म जेनेभामा हुने संसद्‌ सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागीता सम्बन्धी जानकारी गराएका थिए।

सभामुख घिमिरे सम्मेलनमा सहभागी हुन आगामी जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ। विश्व सम्मेलनमा सहभागी हुने तयारीबारे जानकारी दिने उद्देश्यले सभामुखले राष्ट्रपति भेट गरेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *