राजनीति

जेलबाटै रविको चन्दा आतंक : पुरानै शैली, नयाँ आवरण

काठमाडौं । राजनीतिक शुद्धताको गगनचुम्बी भाषण गर्दै उदाएका रवि लामिछाने फेरि एकपटक विवादको घेरामा छन्—यो पटक जेलबाटै। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति लामिछानेमाथि जेलभित्र बसेरै अबैध चन्दा संकलनको आरोप लागेको छ।

अहिलेका ‘क्रान्तिकारी’ रविले विगतका कथित भ्रष्ट नेता भन्दै आलोचना गरेकै शैलीमा आफैंले पुरानै राजनीति दोहोर्‍याइरहेका छन्। डोलप्रसाद अर्याल नेतृत्वमा कार्यवाहक टोलीलाई खटाएर गाउँगाउँमा आर्थिक सहयोगको नाममा चन्दा संकलन गरिँदैछ। त्यो पनि रसिदसहित – तर कानुनी वैधता विहीन।

एक हप्ता अघि मात्र ४४ लाख रुपैयाँ संकलन गरिएको रास्वपाले जनाएको थियो, तर त्यो रकम कहाँबाट आयो, कसरी संकलन गरियो—न सार्वजनिक खुलासा, न कानुनी प्रक्रिया। ‘नयाँ राजनीति’को नाममा चलाइएको यो आर्थिक आतंकले रविको नेतृत्वको चरित्रमै प्रश्न उठाएको छ। रविको नाममा रास्वपाले हस्ताक्षर अभियानको बहाना बनाएर चन्दा असुलेपछि सो विषयमा प्रश्न चिह्न खडा भएको थियो ।

सो विषयमा एमालले देशको कानुन विपरित चन्दा उठाउन नहुने अदालत र सरकारको मान हानी हुने गरि सो गतिविधि गर्न नहुने भन्दै प्रश्न उठाएको थियो । सो अभियानमा सर्वसाधारण नेतादेखि कलाकारसम्म पुगेर चन्दा दिदैँ हस्ताक्षर गरेका थिए । सो विषयमा चरम विवाद उठेपछि राष्पाले अहिले सो विषय अहिले रोकेको छ ।

सबैभन्दा गम्भीर पक्ष – प्रहरी प्रशासन र गृह मन्त्रालयको मौनता। अबैध चन्दा उठाउने पार्टीप्रति राज्य संयन्त्र किन चुपरु के यो मौनता मौन समर्थन हो? रास्वपाले लामिछानेलाई ‘राजनीतिक प्रतिशोध’को शिकार भन्दै हस्ताक्षर अभियानसमेत थालेको छ, तर आलोचकहरू भन्छन्—यो न्यायलयलाई दबाब दिने रणनीति मात्र हो।

रवि लामिछानेको शैली नयाँ होइन, पुरानै इतिहासको दोहोऱ्याइ हो—जहाँ नयाँको खोलभित्र पुरानै सत्ता मोह, चन्दा आतंक, र प्रणालीविरुद्धको विद्रोह होइन, प्रणालीको उपयोग देखिन्छ। अब प्रश्न उठेको छ—कति नयाँ हो रविको राजनीतिरु र कति पुरानो शैलीमा लपेटिएको भ्रम ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *