देश

शिक्षा विधेयकमा सहमति जुटाउन कांग्रेस बैठकस्थलमा पुगे शिक्षामन्त्री पन्त

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको हो । यसैबीच, बैठकस्थलमा शिक्षामन्त्री रघुजी पन्त पनि पुगेका छन् ।

मन्त्री पन्त कांग्रेसको बैठक चलिरहँदा अर्कोतर्फ बसिरहेका छन् । शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो (आइतबार) पारित गर्नुपर्ने भएपनि समितिमै विधेयकमा सहमति नजुटेपछि पारित हुन सकेन ।

शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएसँगै पन्तमाथि दबाब बढेको छ ।जसकारण कांग्रेस नेताहरुसँग संवाद गर्न उनी सानेपा पुगेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *