काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ गतेदेखि ६ दिने स्पेन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त भ्रमण स्वीकृत गर्दै नेपाली प्रतिनिधिमण्डल गठनको निर्णय पनि गरेको छ। भ्रमण असार १६ देखि २१ गतेसम्म हुनेछ।
बैठकले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत पाटनअन्तर्गत हेटौंडा इजलासका न्यायाधीश डा। शान्ता सेढाईलाई नियुक्त गर्ने निर्णय भएको छ। त्यस्तै, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेर पदस्थापन गर्ने निर्णय पनि गरिएको छ।
क्याबिनेट बैठकले गरिएका १९ निर्णयको पूर्ण सूची सार्वजनिक गरिएको छ, जसमा प्रशासनिक, कानुनी, र कूटनीतिक तहका विविध विषय समेटिएका छन्।





