राजनीति

सत्तारुढ तीन दलको सहमति पश्चात संसद बैठक सञ्चालनमा, पार्टीको विषयलाई लिएर रास्वपा र राप्रपा विरोधमा

काठमाडौं । लामो अवरोधपछि प्रतिनिधिसभा बैठक फेरि सुरु भएको छ। भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलको अध्यागमन विभागमा भएको भनिएको सेटिङको विषयलाई लिएर गत जेठ १३ देखि अवरुद्ध भएको संसद्, आजबाट सञ्चालनमा फर्किएको हो।

सदन सुचारु गर्न सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति बनेको छ। सहमतिमा छानबिन प्रक्रिया अघि बढाउने र भिजिट भिसासम्बन्धी संरचनागत सुधार गर्न सरकार प्रतिबद्ध रहने उल्लेख छ।

यद्यपि, सो सहमतिमा पार्टीको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहमतिप्रति असहमति जनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *