राजनीति

भिजिट भिसा विवाद समाधानतर्फ, संसद् चलाउन कांग्रेस–एमाले–माओवादी सहमत, दुई बुँदे सहमतिमा के छ ?

काठमाडौं । लामो समयदेखि बन्द रहेको संसद् बैठक आजबाट चल्ने सम्भावना देखिएको छ। भिजिट भिसा प्रकरणलाई लिएर सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहमत भएका छन्। तिनै दलले संसदको अवरोध खोल्ने साझा निर्णय गरेका हुन्।

भिजिट भिसामा विदेश जानेलाई लिएर उठेका अपारदर्शी आर्थिक लेनदेनका आरोपबारे विस्तृत छानबिन गर्न ३० दिनभित्र संसदीय समिति गठन गरिने सहमति भएको छ। माओवादी सांसद माधव सापकोटाका अनुसार सरकारले समितिको नेतृत्व गर्ने र त्यसबापत संसद् बैठक अब अवरुद्ध नरहनेछ।

भिजिट भिसा प्रणालीको दुरुपयोग रोक्न सरकार कानुनी, नीतिगत र संरचनात्मक सुधार गर्न तयार भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई समेत समर्थन गर्ने सहमति दलहरूबीच बनेको छ।

यसबीचमा, संसद अवरोधको अगुवाई गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने औपचारिक धारणा दिन बाँकी छ। रास्वपाका नेता शिशिर खनालका अनुसार पार्टी भित्रै छलफल भइरहेको छ र चाँडै आधिकारिक धारणा सार्वजनिक गरिनेछ।

कांग्रेस र एमालेका प्रमुख सचेतकहरूले रास्वपा नमान्दा पनि संसद बैठक सञ्चालन गर्ने संकेत दिएका छन्। एमालेका महेश बर्तौलाले संसद रोकिरहन सक्ने अवस्था नरहेको बताए भने कांग्रेसका श्याम घिमिरेले पनि आजैदेखि संसद चल्ने बताएका छन्। भिजिट भिसा प्रकरणले संसद ठप्प पार्दा सरकार र विपक्ष दुवै दबाबमा थिए। अब तीन प्रमुख दल सहमत भएपछि संसद सञ्चालनको बाटो खुलेको संकेत गरेको छ ।

माओवादी केन्द्र र नेकपा एमालेसँग भएको दुई बुँदे सहमति यस्तो छ :

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *