
काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरणको अनुसन्धानको माग गर्दै निरन्तर अवरोध भइरहेको संसद् सुचारु गर्ने प्रयासमा सत्तारुढ दलहरू छलफलमा सक्रिय देखिएका छन्।
माओवादी केन्द्रले तयार पारेको दुई बुँदे प्रस्तावमा कांग्रेस र एमाले सहमत भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० भने अझै गृहमन्त्रीको राजीनामा मागमै अडिग छ।
नेकपा माओवादी केन्द्रले अघि सारेको सहमति ड्राफ्टमा दुई मुख्य प्रतिबद्धतामा भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानमा सरकारको पूर्ण सहयोग गर्ने अध्यागमन प्रणालीमा संरचनात्मक सुधार र नीतिगत पुनरावलोकन गर्ने रहेका छन् । कांग्रेस, एमाले र नेकपा एसले प्रस्तावमा सहमति जनाए पनि रास्वपा संसदीय छानबिन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामामै जोड दिइरहेको छ।
माओवादी र रास्वपाबीच अहिले पनि वार्ता जारी छ । प्रचण्डले रास्वपाका नेताहरूसँग छलफल गर्दै “आजै संसद् सुचारु गरौं” भन्ने प्रस्ताव राखे पनि रास्वपाले थप समय मागेको जानकारी दिएका छन्। बिहीबार ५ ः३० बजेका लागि बोलाइएको बैठक सहमति नबनेपछि सुरु हुन सकेन। सत्ता पक्षले शुक्रबारदेखि संसद् चलाउने प्रयास जारी राखेको छ।