राजनीति

माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच पार्टी एकता, विजय सैँजु पक्ष माओवादीमा समाहित

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच औपचारिक रूपमा पार्टी एकता सम्पन्न भएको छ। सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत् दुई पार्टीबीच एकता घोषणा गरिएको हो।

नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजु नेतृत्वको समूह माओवादी केन्द्रमा समाहित भएको हो। एकता घोषणामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको उपस्थिति थियो।

आजै माओवादी केन्द्रले गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग पनि एकता गरेको छ। पछिल्लो समय माओवादी केन्द्रले पार्टी सुदृढीकरण तथा बिस्तारका लागि विभिन्न साना दल र समूहहरूसँग एकीकरण प्रक्रिया तीव्र पारेको देखिन्छ।

दुवै पक्षबीचको एकतापछि माओवादी केन्द्रले साझा संगठन निर्माणका लागि आवश्यक समायोजन प्रक्रिया अगाडि बढाउने जनाएको छ। पार्टीले नयाँ शक्तिहरूलाई समेट्दै आगामी राजनीतिक प्रतिस्पर्धामा बलियो रूपमा प्रस्तुत हुने संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *