देश

तीनकुने घटनामा दुर्गा प्रसाईं ,मिश्र र धवल शमशेरको बयान : आगजनीको निर्देशन दिएको छैन् ,आ–आफ्नै दाबी

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनपछिको हिंसा र पत्रकार सुरेश रजकको मृत्यु प्रकरणमा पक्राउ परेका दुर्गा प्रसाईं र राप्रपा महामन्त्री धवल शमशेर जबराले आफूहरू निर्दोष भएको दाबी गरेका छन्।

काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रअनुसार, दुर्गा प्रसाईंसहित ६५ जनामाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुर अन्तर्गत मुद्दा दायर गरिएको छ। ४ जना नाबालकमाथि भने भक्तपुरको बाल अदालतमा छुट्टै अभियोजन गरिएको छ।

दुर्गा प्रसाईंको तर्क : म हिंसा हुँदा कार्यक्रम स्थलमै थिइनँ
दुर्गा प्रसाईंले आफ्नो बयानमा हिंसात्मक गतिविधिमा संलग्नता अस्वीकार गर्दै भनेका छन्,“मैले कुनै पनि व्यक्ति वा समूहलाई तोडफोड वा आगजनी गर्न निर्देशन दिएको थिइनँ।”

durga 1

durga 2

durga 3

durga 4

उनका अनुसार, कार्यक्रम स्थलबाट उनी हिँडेपछि मात्रै झडप र आगजनी भएको हो। साथै, पत्रकार सुरेश रजकलाई आफूले नचिनेको र हिंसाको नेतृत्व सन्तोष सिलवाल र उनको समूहले गरेको आरोप लगाएका छन्।

 

धवल शमशेरको बयान : आयोजक म होइन, केवल अतिथि थिएँ
राप्रपा महामन्त्री धवल शमशेर जबराले पनि आफू कार्यक्रम आयोजक नभई केवल अतिथिको रूपमा सहभागी भएको बताएका छन्। उनले स्पष्ट पारेका छन्,“कार्यक्रमको योजना, व्यवस्थापन र खर्चमा मेरो कुनै संलग्नता छैन।”d1

d2

जबराले मञ्चबाट “सङ्घीयता र गणतन्त्र समाप्त पार्ने दिन हो” भन्ने अभिव्यक्ति आवेशमा आएको स्वीकार गरे पनि त्यो हिंसात्मक निर्देशन होइन भन्दै आत्मपक्ष प्रस्तुत गरेका छन्।

अश्रुग्याँसको असरले बोलेँ, तर हिंसालाई उक्साएको होइन – रवीन्द्र मिश्रको स्पष्टिकरण

राजावादी प्रदर्शनको क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा चारवटा मुद्दामा अभियोजन सामना गरिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले कुनै हिंसा नउक्साएको दाबी गरेका छन्।

तीनकुने घटनासम्बन्धी आफ्नो बयानमा मिश्रले भनेका छन्, “अश्रुग्याँसको असरले आँखा पोलिरहेको बेला, सुर सम्हालिनुअघि केही आवेगमा मन्तव्य दिएको हुँ, तर ती भनाइहरू हिंसात्मक थिएनन्।”

.
मिश्रले आफू कार्यक्रम आयोजक नभई अतिथिको रूपमा सहभागी भएको उल्लेख गर्दै सारा व्यवस्थापन र आह्वान दुर्गा प्रसाईंको समूहले गरेको बताए।
उनको भनाइ अनुसार, “कार्यक्रम मैले आयोजना गरेको होइन। दुर्गा प्रसाईं जीले आयोजना गर्नुभएको कार्यक्रममा सहभागी हुन गएको मात्र हुँ।” बयानमा मिश्रले प्रदर्शनपछिको हिंसा, तोडफोड र आगजनीमा आफूले न कुनै भूमिका खेलेको, न कसैलाई उक्साएको स्वीकारे। “संसद भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनेर अभिव्यक्ति दिने व्यक्ति म होइन,” मिश्रको प्रस्ट भनाइ छ। उनीमाथि काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुर अन्तर्गत मुद्दा दायर गरेको छ। मिश्रले भने आफूलाई राजनीतिक उद्देश्यसहित फसाउने प्रयास भएको संकेत गरेका छन्।

r1

r2

सरकारी वकिल कार्यालयले दुवै नेतामाथि कानुनी कठघरामा उभ्याउने तयारी गरिरहेको छ भने उनीहरूले आफूमाथिको आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा लिएका छन्। अब अदालतले के निष्कर्ष निकाल्छ भन्ने हेर्न बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *