राजनीति

हिन्दु राज्यको नारा, जनताको बलिमा आधारित सत्ता खेल ? राप्रपा अध्यक्ष लिङदेनले किन अराजक शब्द बोल्दैछन् ?

काठमाडौं । “राजा फर्काएरै छाड्छौं, प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिन्छौं” — यस्तो भाषिक दम्भ जब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको मुखबाट निस्कन्छ, तब प्रश्न उठ्छस् के यो आन्दोलन साच्चै जनहितको लागि हो, कि पुरानो सत्ताको भूत फर्काउने बहाना ?

गणतन्त्र स्थापना भएको १६ /१७ वर्षपछि फेरि सडकमा राजतन्त्रको नारासहित राप्रपा उत्रिँदा, यो दल कुन इतिहासको व्याख्या गर्दैछ? त्यो इतिहास, जहाँ छुवाछुत, सत्ती, दाईजो, देउकीजस्ता सामाजिक कुरीतिले महिला र दलित समुदायलाई थिचोमिचोमा राखेको थियो। यही व्यवस्थालाई पुनर्जीवित गराउन राप्रपा आज फेरि कथित संस्कार को नाममा राष्ट्रलाई उल्टो दिशामा लैजान खोज्दैछ।

राजतन्त्रको आडमा गरिबमाथिको बलि 

१५ चैतमा राजधानीमै भएको हिंसात्मक प्रदर्शनमा दुई जनाले ज्यान गुमाए — एक पत्रकार र एक राजावादी कार्यकर्ता। दर्जनौं घाइते भए। पक्राउ परेका नेताहरू सजिलै रिहा भए — किनकि उनीहरूसँग पहुँच छ, राजनीतिक डील छ। तर ती युवाहरू, जो उत्साहले सडकमा उत्रिएका थिए, अझै पनि हिरासतमा छन्, करियर अधुरो छ, जीवन अन्योलमा। तीनकुने घटना प्रकरणमा त्यतिमात्र भएन्,निजी तथा सार्वजनिक सम्पतिमाथि तोडफोड र आगजनि समेत भएको थियो । सो घटनाका क्रममा भएको क्षेतिपूर्ती आन्दोलन समुहले नै तिर्नुपर्ने सरकारले घोषणा गरिसकेको छ । तर राजावादीहरु मेडिकल व्ययावसायी दुर्गा प्रसाईँ लगायत राप्रपाले सो घटना प्करणमा भएको आगजनिको क्षेतिपूति सरकारले तिर्नुपर्ने भन्दै राप्रपाले सरकारलाई धम्क्याई रहेको छ । तीनकुने घटनाका जनकमान्डर मेडिकल व्यावसायी दुर्गा प्रसाँई र नवराज सुवेदी थिए । प्रसाईँ जेलमा छन् भने सुवेदी खुल्ला मैदानमा आएर पुनः आन्दोलनलाई आक्रमक बनाउन भूमिका खेलिरहेका छन् । यो पहिलो पटक होइन, इतिहास साक्षी छ — जबसुकै सत्ताको खेल चल्छ, त्यसको बलि साधारण जनता चढाइन्छन्।

२० प्रतिशतको चाहना, ८० प्रतिशतको निर्णयमाथि धावा?

राप्रपाको आन्दोलनले गणतन्त्र र धर्मनिरपेक्षताको मर्ममाथि प्रश्न उठाइरहेको छ, जुन २०६२/६३ को जनआन्दोलनले स्थापित गरेको थियो। पछिल्ला दुई दशकमा नेपालले संघीयता, मानव अधिकार, सामाजिक न्याय र समावेशी विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। अहिलेको राजनीतिक संक्रमणको दोष देखाएर फेरि राजतन्त्र फर्काउने सपना देख्नु, जनताको विवेकमाथिको अपमान हो।

राप्रपा अध्यक्ष लिङ्देनले आन्दोलन भद्र अवज्ञा हुने बताउँछन्, तर भाषाशैलीचाहिँ धम्कीपूर्ण छ — प्रधानमन्त्रीलाई हेलिकप्टरमार्फत भाग्न छुट दिन्छौं भन्ने अभिव्यक्तिले आन्दोलनको चरित्र स्पष्ट पार्छ। यस्तो कुरा सत्याग्रह होइन, सत्ताको लोलुपता हो। राप्रपाले यदि साँच्चै जनताको हित चाहन्छ भने, उसले इतिहास पढ्नुपर्छ, वर्तमान बुझ्नुपर्छ, र भविष्य निर्माणमा हातेमालो गर्नुपर्छ। पुराना मूर्तिहरूमा फूल चढाउने नाममा आजका पुस्ताको अभाव चढाइनु अब बन्द हुनुपर्छ। नेपाल अब उल्टो होइन, अघि बढ्न चाहन्छ। प्रश्न लिङ्देनहरूलाई हो — तपाईंको आन्दोलन भविष्यको निर्माणका लागि हो, कि भूतको पुनरागमनका लागि ? यो जनताको प्रश्न हो ।

राप्रपा लगायत राजावादीहरुको धारण देशको विकासलाई कुन मोडलमा सिफ्ट गर्ने ? देशमा दुरुपयोग भइरहेको स्रोत र साधनको सदुपयोग कसरी गर्ने , औधोगिक क्रान्ति र रोजगारीलाई जोड्न कस्ता रणनीति बनाउने भन्ने कुनै रोड म्याप छैन् । राजावादीहरुले राप्रपाको नेतृत्वलाई साथ दिएर पछि आफूहरुले यदि पूर्व राजा सत्तामा आइहालेमा भनेको पद ,प्रतिष्ठ र रोजगारी राप्रपा र राजावादीहरुले पाउने आन्तरिक सोचका साथ अघि बढेको प्रष्ट देखिन्छ । राप्रपाले नेपालको विकासको मोडललाई कुन मार्गमा उर्तार्ने भन्ने विषयमा संसदमा खासै गम्भिर कुरा गरेको स्ुनिदैँन्,बरु उनी धम्कीका शैलीमा भाषण दिनमा व्यस्त भएको देखिन्छ । यति राजाका पालमा यस्ता शब्दहरु बोल्नेलाई कस्तो सजाय निर्धारण गरिएको थियो ? राप्रपा अध्यक्ष लिङदेन र राजावादीहरुले कानुन राम्ररी अध्ययन गर्न आवश्यक देखिन्छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *