राजनीति

ओलीको व्यंग्यपूर्ण घोषणा : “१४ महिनापछि देउवालाई प्रधानमन्त्रीको कुर्सी किस्तीमा राखेर दिन्छु”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा पुनः चर्चा हुने खालको बयान दिएका छन्। उनले भनेका छन्, “१४ महिनापछि प्रधानमन्त्रीको पद शेरबहादुर देउवालाई किस्तीमा राखेर धुमधामका साथ हस्तान्तरण गर्छु।”

काठमाडौंमा आयोजित पूर्व योजनाकार मञ्च नेपालुको उद्घाटन समारोहमा बोल्दै ओलीले देश विकासमा सबैलाई बराबरी अवसर नपरेको उल्लेख गरे। कतिपय व्यक्ति पटक–पटक सत्तामा पुगेको सन्दर्भ दिँदै उनले कांग्रेस सभापति देउवालाई फेरि प्रधानमन्त्री बन्ने ‘भाग्यमानी’ को रुपमा उल्लेख गरे।

“शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री भइसक्नुभयो, अब फेरि पालो आउँदैछ जस्तो देखिन्छ,” उनले भने, “१४ महिनापछि म मानार्थ सदस्य हुन्छु, अनि देउवालाई बकाइदा किस्तीमा राखेर पद हस्तान्तरण गर्छु।”

ओलीले आफ्नो राजनीतिक भविष्यप्रति पनि संकेत गर्दै भने, “त्यसपछि म योजना आयोगको पूर्व अध्यक्षजस्तै मानार्थ सदस्य हुने छु।” उनको यो भनाइ राजनीतिक कटाक्षका रूपमा लिइएको छ, जसले सत्ताको सम्भावित हेरफेर र सत्ता साझेदारीबारे नयाँ बहस सुरु गराएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *