देश

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमा आजदेखि पुनः सुनुवाइ

काठमाडौं। संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः सुनुवाइ सुरु हुँदैछ।

विगत चार वर्षदेखि कुनै निर्णयमा पुग्न नसकी सर्वोच्च अदालतमा विचाराधीन रहेको उक्त मुद्दामा आजबाट पुनः सुनुवाइ हुन लागेको हो।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेको थियो, जसको विरुद्धमा अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका हुन्।

गत माघदेखि संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ अघि बढाएको थियो। यसअघि निरन्तर सुनुवाइ जारी रहेकै बखतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत भ्रमणमा गएका कारण स्थगन गरिएको थियो। अब उक्त रिटमाथि पुनः सुनुवाइ हुन लागेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *