राजनीति

बैंकिङ कसूर ऐन संशोधन विधेयक राष्ट्रपति पौडेलद्धारा प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ संशोधन विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसदका दुवै सदनबाट पारित उक्त विधेयक संविधानको धारा ११३ को उपधारा २ अनुसार बुधबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

यस संशोधनले बैंकिङ प्रणालीमा पारदर्शिता र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ। विधेयकले बैंकिङ कसूरमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने प्रावधान समावेश गरेको छ, जसले आर्थिक अपराध नियन्त्रणमा मद्दत पुर्‍याउनेछ।

राष्ट्रपति कार्यालय शीतल निवासले विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरणको जानकारी दिएको छ। सो संशोधित ऐन लागू भएसँगै बैंकिङ क्षेत्रका अनियमितता नियन्त्रणमा थप प्रभावकारी कदम चालिने विश्वास गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *