काठमाडौं । जनकपुरमा जारी नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशन तनावपूर्ण बनेको छ। अन्तिम नामावलीमा देखिएको परिवर्तनले विवाद चुलिँदा सोमबार राति नेताहरूबीच झडप भएको हो। विवाद उत्कर्षमा पुग्दा केही कार्यकर्ताले निर्वाचन समितिमाथि कुर्सी समेत प्रहार गरेका थिए।
भोला यादव र लक्ष्मी नारायण यादव अध्यक्ष पदका उम्मेदवार छन्। नामावलीमा नाम थपघट भएपछि विवाद सुरु भएको हो। उपाध्यक्ष पदमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव प्रतिस्पर्धामा छन्, भने सचिव र उपसचिव पदमा पनि धेरै नेताहरू मैदानमा छन्।
निर्वाचन समितिले बिहान ८ ः ३० बजेदेखि मतदान सुरु गर्ने बताइए पनि तयारी नपुग्दा समय पछाडि सारिएको थियो। तर नामावलीको विवादले गर्दा मतदान सुरु हुन सकेको छैन। अहिले भोला यादव पक्ष मतदानको माग गरिरहेको छ भने लक्ष्मी नारायण यादव पक्ष धर्नामा बसेको छ।
६३५ प्रतिनिधिले मतदान गर्ने योजना रहे पनि विवादले प्रक्रिया अवरुद्ध बनेको छ।




