राजनीति

संसद् र समितिमा जिम्मेवार भएर प्रस्तुत हुन कांग्रेस सांसदलाई निर्देशन

काठमाडौं।नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई संसद् र आफ्ना विषयगत समितिका सम्पूर्ण गतिविधिहरूमा जिम्मेवारीपूर्वक क्रियाशील रहन निर्देशन दिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसको सबै सांसदहरूलाई संसद् र आफ्ना विषयगत समितिका सम्पूर्ण गतिविधिहरूमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन निर्देशन दिएको हो ।

संघीय संसद्को ठूलो पार्टीको रुपमा रहेको कांग्रेसले संसद् र संसदीय समितिहरूमा विचाराधीन महत्वपूर्ण विधेयकहरूमाथि हुने छलफलमा गम्भीर, जिम्मेवार र प्रभावकारिताका साथ प्रस्तुत हुने संकल्प पनि गरेको छ ।

नेपाल शिक्षक महासंघसँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि कांग्रेस संसदीय दलले प्रतिवद्धतासमेत जनाएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *