काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ मन्त्रिपरिषद् (क्याबिनेट) बैठक जारी छ । बैठकमा शिक्षक आन्दोलनसँग सम्बन्धित मागहरूमा निर्णय हुने सम्भावना रहेको छ।
यसअघि दिउँसो सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति जुटेको थियो। अब उक्त सहमतिलाई औपचारिकता दिन मन्त्रिपरिषद्को निर्णय आवश्यक भएकाले बैठकलाई विशेष रूपमा अर्थपूर्ण मानिएको छ।
बैठकमा शिक्षामन्त्री रघुजी पन्त शिक्षक महासंघको प्रस्तावसहित सहभागी भएका छन्। निर्णयपछि आन्दोलन अन्त्यको औपचारिक घोषणा र कक्षा १२ को परीक्षा सञ्चालनसम्बन्धी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।




