राजनीति

सरकार परिवर्तनको चर्चा चलिरहेका बेला भाजपाका नेता चौथाईवा किन आए नेपाल ?

काठमाडौं। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवा दुई दिने नेपाल भ्रमणमा बुधबार काठमाडौं आइपुगेका छन्। भ्रमणको समय र उद्देश्यले नेपाली राजनीतिक वृत्तमा चासो र चर्चा एकसाथ बढेको छ — विशेष गरी सरकार परिवर्तनको हल्लाबीच आएको यो भ्रमणलाई केहीले रणनीतिक रूपमा समेत हेरेका छन्।

चौथाईवाले यस भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत प्रमुख दलका नेताहरू र मधेसी मोर्चासँग भेटघाटको कार्यक्रम तय गरेका छन्। उनले सबै दलसँग सम्बन्ध सुदृढ गर्न आफू नेपाल आएको बताएका छन्।

भ्रमणको ‘पोलिटिकल टाइमिङ’ : ओलीप्रति चिसो, प्रचण्डप्रति नरम दृष्टिकोण ?

नेपाली भूमिमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको चुच्चे नक्सा जारी गर्ने बेला भारत असन्तुष्ट भएको थियो। विपरीत रूपमा, प्रधानमन्त्री हुँदा प्रचण्डले उक्त विषयलाई शिथिल बनाएको देखिएकोले भारतले उनलाई फरक दृष्टिकोणबाट हेरेको बुझिएको छ। नेपाली नागरिकहरुले पछिल्लो पटक नेपाल र भारतबिचको सिमा विवाद कुटनैतिक माध्यमबाट शान्तिपूर्ण रुपले टुङुग्याउनुपर्नेमा राजनैतिक वृतमा दबाब दिइरहेका छन् ।

सरकारले २०७७ जेठ ७ मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको ‘चुच्चे नक्सा’ अहिले प्रयोग र प्रचलनमा छ। लगभग सिंगो प्रतिनिधिसभाको समर्थनमा संविधान संशोधन गरेर उक्त नक्सा जारी गरिएको थियो। त्तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली नै  थिए । प्रधानमन्त्री ओली अहिलेको सरकारमा पनि छन् । प्रधानमन्त्री राष्टनिर्माण विषयमा उद्धार देखिन्छन, नेपालभित्र सबैजसो निकायमा सोही नक्सा प्रचलनमा रहेपनि अन्तर्राष्ट्रिय समुदायबाट भने खुलस्त समर्थन (मान्यता) पाएको छैन। यस विषयमा समेत राजनीतिक वृहमा प्रमूख राजनीतिक दलहरुले कुरा उठाउलान कि ?

नेपालले नयाँ नक्सा जारी गरे पनि अहिलेसम्म उक्त नक्सालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने औपचारिक कूटनीतिक पहल नभएको देखिएको छ। यो विषय अझै प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारका लागि नयाँ अवसर र चुनौती दुवै हो।

चौथाईवाको भेटमा धर्मनिरपेक्षता,हिन्दुराज्य बहस पनि एजेन्डा ?

भ्रमणको पृष्ठभूमिमा भारतभित्र हिन्दुत्ववादी राजनीति हावी भइरहँदा चौथाईवाको नेपाल भ्रमणमा हिन्दुराज्य स्थापनाको चाहना बोकेको शक्तिहरूसँग पनि संवाद हुने जनाइएको छ। राप्रपा र केही मधेसवादी दलहरूले राजसंस्थाको पक्षमा बोलिरहेका छन्, जुन भाजपाको वैचारिक धारासँग मेल खाने देखिन्छ।

तर, नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेजस्ता प्रमुख दलहरू अझै संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा अडिग छन्। यसले चौथाईवाको भेटघाटमा वैचारिक द्वन्द्वसमेत सतहमा ल्याउने सम्भावना देखिएको छ।

भ्रमण कूटनीतिक कि राजनीतिक ?

नेपालको भूराजनीतिक संवेदनशीलता र आन्तरिक राजनीतिक उतारचढावबीच भएको चौथाईवाको यो भ्रमण शुद्ध सौहार्दता मात्र हो वा भारतीय सत्ताधारी दलको रणनीतिक ुपोलिटिकल इनगेजमेन्ट ? यसको उत्तर भ्रमण सकिएपछि भेटघाटका परिणाम र सम्भावित राजनीतिक घटनाक्रमले दिनेछन्। नेपालले छिमेकी मुलुक भारतसँग कुटनैतिक वार्ता सकरात्मक र सम्बन्ध राम्रो बनाउन चाहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *