देश

शिक्षक महासङ्घसँग वार्ता दिउँसो २ः०० बजेबाट पुनः हुने

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज पनि वार्ता हुदैँछ ।

हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेबाट पुनः वार्ता हुन लागेको हो । सो वार्ता शिक्षा मन्त्रालयमा हुनेछ ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदबाट निर्णय गराउने योजना रहेको छ ।

दोस्रो चरणमा भने संसदबाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।

यद्यपि, वार्ता जारी रहे पनि काठमाडौँ केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर–माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशाेर सुबेदीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *