काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना सन्देश जारी गरेको भन्दै नेकपा एमालेले कडा आपत्ति जनाउँदै कारबाहीको माग गरेको छ।
आज प्रतिनिधिसभाको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैह्रेलो वक्तव्य दिंदै नेपालको संविधानमा ‘श्री ५ महाराजाधिराज’ भन्ने शब्द कतै नभएको स्पष्ट पारे। उनले कानुनी शासन र संविधानको सम्मान गरिनुपर्ने उल्लेख गर्दै संवाद सचिव पाठक र पूर्वराजा शाह दुवैलाई कानुन अनुसार तत्काल कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे।
गैह्रेका अनुसार संविधान विपरीत अभिव्यक्ति दिएर कानुनी शासनको उपहास गर्ने कार्य सह्य नहुने भएकाले आवश्यक कानुनी कदम चाल्न संसद्मा जोडदार माग गरिएको हो।




