राजनीति

सुदूरपश्चिमका विकास एजेन्डा लिएर प्रधानमन्त्री ओलीसमक्ष पुगे मुख्यमन्त्री शाह र पूर्वमुख्यमन्त्री रावल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रदेशको समग्र विकास, आर्थिक समृद्धि र भौतिक पूर्वाधार विस्तारका विषयमा छलफल भएको हो।

मुख्यमन्त्री शाहले आगामी असोज १ र २ गते सुदूरपश्चिम प्रदेशमा आयोजना हुने ‘लगानी तथा विकास सम्मेलन’ को तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले सम्मेलनले निजी क्षेत्रको आकर्षण बढाउने र प्रदेशको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

भेटमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ। साथै, प्रदेशस्तरका ठूला पूर्वाधार योजनाहरूको जानकारी पनि प्रधानमन्त्री ओलीलाई दिइएको जनाइएको छ।

उक्त भेटवार्ता प्रदेश र संघीय सरकारबीच समन्वयात्मक प्रयासलाई बल दिने आशामा गरिएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *