राजनीति

२०८१ सालः नेपाली राजनीतिमा प्रमूख घटना

काठमाडौं । २०८१ नेपालका लागि राजनीतिक नाटक, सहमति, विघटन र पुनःस्थापनाको वर्ष बन्यो। सत्ता समीकरणदेखि राजावादी प्रदर्शन, भ्रष्टाचार मुद्दा र प्रमुख नेताहरूको कमब्याकसम्मका घटनाले नेपाली राजनीतिक वृत्तमा व्यापक तरंग ल्याए।

प्रचण्ड सडकमा ,ओली प्रधानमन्त्री, आलोपालो सरकारको सुरुवात

२०८१ असार ३० गते केपी शर्मा ओली नेपाली कांग्रेससँगको गोप्य सात बुँदे सहमति अनुसार प्रधानमन्त्री नियुक्त भए। चपलीहाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा रातारात भएको यो सहमति अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा २०८२ असारमा प्रधानमन्त्री बन्नेछन्। सहमतिलाई लिएर गोपनीयता र प्रक्रियागत प्रश्न उठ्दै सत्ता समीकरणमा हलचल आयो।

२,, सहकारी प्रकरणमा लामिछाने पक्राउ

रास्वपा सभापति रवि लामिछाने सहकारी अपचलनको अभियोगमा कात्तिक २ र चैत २२ गते गरी दुईपटक पक्राउ परे। ८० दिनभन्दा बढी प्रहरी थुनामा बसेका उनी विभिन्न जिल्लाबाट धरौटीमा रिहा भए पनि उच्च अदालतको आदेशपछि पुनः पक्राउ परे। यसैबीच कांग्रेस नेता धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेल भने सोही प्रकरणमा उन्मुक्त भए। सहकारी ठगी प्रकरणमा सत्तामा शक्तिको खेल चलेको आक्रोस सडकमा ।

३. राजावादी तीनकुने प्रदर्शन हिंसात्मक, दुईको मृत्यु, करोडौँको नीजि तथा सरकारी सम्पतीमाथि तोडफोड

गत चैत १५ गते पूर्वराजा समर्थक राजावादीहरूको प्रदर्शन तीनकुनेमा हिंसात्मक बन्दै दुई जनाको ज्यान गयो। पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भयो। प्रहरीले राप्रपा नेताहरूलाई पक्राउ गर्‍यो भने सरकार र राजावादीहरूबीच दोषारोपण चलिरह्यो। दुर्गा प्रसाईंको उपस्थितिले प्रदर्शन झन विवादास्पद बनायो। पूर्व राजा ज्ञानेन्द्र शाहले अब सत्ताका लागि नेपाली नागरिकलाई सडकमा आउन अनुरोधपछि सो घटना घटेको थियो । सो आन्दोनको कमान्डर राप्रपाका नवराज सुवेदी र दुर्गा प्रसाईँलाई दिएको थियो । सो प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरुले तोकेको निषेधाज्ञा तोड्न सुरक्षाकर्मीमाथि नै गाडी गुडाउन जबरजस्ती बल प्रयोग गरेपछि प्रहरीले बल प्रयोग गर्न बाध्य भयो । नागरिक र आफ्नो सुरक्षाका लागि प्रहरीहरुले विकल्प छनोट गर्नुपर्ने बाध्यता आएको थियो । सो घटनमा करोडौँको सार्वजनिक तथा नीजि सम्पतीमाथि आगजनी तथा तोडफोड भएको थियो ।

सरकारले सघटनाको जिम्मेवारी आयोजक टम र राजावादी नै हुनुपर्ने निष्कर्ष निकाल्यो । सो घटनाका मुख्य नाइके मेडिकल व्यावसाईँ दुर्गा प्रसाईँ फरार भए । तीनवटा प्रहरी युनिट उनलाई नियन्त्रणमा लिन भारतसम्म पुगे । लामो समयपछि प्रसाईले दुईवटा भिडियो सार्वजनिक गर्दै प्रहरीसमक्ष आत्मसर्मपन गर्दै भारतको आसामबाट प्रहरीको नियन्त्रणमा परे । उनलाई अहिले सरकारले हिरासतमा राखेको छ ।

यस्तै राप्रपाका महामन्त्री र उपाध्यक्ष मिश्र समेत हिरासतमा छन् । सो घटनामा संलग्नमाथि ६ दर्जनभन्दामाथि संख्यामा प्रहरी अनुसन्धान अगाडी बढाएको छ । अहिले उनीहरु हिरासतमा छन् । सो घटनाका विषयमा आज पूर्वराजा ज्ञानेन्द्रले दुःख व्यक्त गर्दै स्वतन्त्रतापूर्व प्रदर्शन गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । तर अराजक, तोडफोड गर्नु दुःखद घटना भएको भन्दै सरकारले देशमा भएको गतिविधिका बारेमा सुधार गरेर जानुपर्ने बताए ।

 

४, अध्यादेश विवादमा

२०८१ मा सरकारले संसद् अधिवेशन नबोलाई एकपछि अर्को गर्दै ६ वटा अध्यादेश ल्यायो। यसमा सुशासन, लगानी सुधार, भूमिसम्बन्धी लगायतका अध्यादेश समावेश थिए। भूमिसम्बन्धी अध्यादेश तानावानासँगै फिर्ता लिइयो भने अन्य अध्यादेशहरू संसद्बाट पारित भए। यसले सरकारको नियतमाथि शंका बढायो।

६, कुलमान घिसिङ बर्खास्त, हितेन्द्र शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरियो। कुलमानको हटाइलाई राजनीतिक लेनदेनसँग जोडेर आलोचना भयो, जसमा माओवादीले सटहीको आरोपसमेत झेले। सत्ता र विपक्षबीच विवाद चुलियो।

७, पूर्वराष्ट्रपति भण्डारी र उपराष्ट्रपति पासाङको राजनीतिमा चासो
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनःपासाङ को सक्रिय राजनीतिमा चासो बढ्यो। पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बन्न सफल भए भने भण्डारी विभिन्न भेटघाटमा सक्रिय देखिइन्, यद्यपि खुला रुपमा पार्टी संलग्नता देखिएकी छैनन्।

८, इलाम उपनिर्वाचनमा सुहाङ नेम्वाङको विजय

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा भएको उपनिर्वाचनमा उनका छोरा सुहाङ नेम्वाङ एमालेबाट विजयी भए। उनले कांग्रेस उम्मेदवार डम्बर खडकालाई ५८३० मतले पछि पार्दै राजनीतिक यात्राको सुरुवात गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असार २८ मा विश्वासको मत गुमाउँदै पदमुक्त

विभिन्न प्रदेशहरूमा मुख्यमन्त्री परिवर्तन भए । २०८१ साल नेपालको राजनीति परिवर्तन, विवाद र गम्भीर बहसले भरिएको रह्यो। सत्ता समीकरणदेखि आन्दोलन, भ्रष्टाचार मुद्दादेखि नेताहरूको पुनरागमनसम्म, यो वर्षले आगामी राजनीतिक भविष्यको आधार तयार गरिदिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *