
काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि खुलेर उत्रिएका छन्। यसअघि माओवादी अध्यक्ष प्रचण्डले निष्पक्ष छानबिनको माग गर्दै रविको बचाउ गरेका थिए।
गोरखा पुगेका श्रेष्ठले सञ्चारकर्मीसँग बोल्दै सरकारले लामिछानेलाई अनावश्यक रूपमा आतंकित बनाइरहेको टिप्पणी गरे। उनले अनुसन्धान निष्पक्ष हुनुपर्नेमा जोड दिँदै भने, “जोसुकै भए पनि दोषी प्रमाणित भए कारबाही होस्, तर निर्दोषलाई आतंकित पार्ने काम गलत हो।”
श्रेष्ठले लामिछानेलाई रातारात एक स्थानबाट अर्को स्थानमा लगिएको, र प्रहरीले “तपाईंको अन्तिम इच्छा के हो” भनेर सोधेको भन्ने घटना मनोवैज्ञानिक त्रास फैलाउने कार्य भएको बताए। “यो त मानसिक यातना जस्तै हो, हामी यसको विरोध गर्छौं,” उनले स्पष्ट पारे। तर वास्तविकतामा अदालतको आदेशपछि लामिछानेलाई पक्राउ गर्न गएको प्रहरी टोलीले लामिछानेलाई अन्तिम इच्छा सोधेको थिएन्, उनका नेता तथा कार्यकर्ता र कानुन व्यावसायीहरुलाई कारागार चलान गर्नु अघि भेटन् मौका भएकाले चाँडै गर्न प्रहरी डिएसपीले बताएका थिए । तर संचारकर्मी, र युट्युव लगायत रास्वापाका नेता तथा कार्यकर्ताहरुले सो विषयमा टेक्स एण्ड कन्टेक्स परिवर्तन गरेर लामिछानेलाई प्रहरीले अन्तिम इच्छा सोधेको भन्दै सामाजिक संजालमा ट्रोल बनाए ।
नेपाल लगायत विश्वका जुनसुकै स्थानमा अहिले टेक्नोलोजीको पहँच प्रयाप्त भएकाले सामाजिक संचालमा अहिले ए आईको प्रयोग गरेर टेक्स एण्ड कन्टेक्स परिवर्तन गरेर प्रहरी र सरकारलाई दोषी देखाउन रास्वापा नेता तथा कार्यकर्ता र रविको गोजीका मिडियाहरु लागेको प्रष्टै देखिन्छ ।
विगतदेखि नै रास्वपाका नेता तथा कार्यकर्ता र कानुन व्यवसायीहरु लामिछानेलाई निर्दोष भएको भन्दै विभिन्न फण्डा रच्नमा व्यस्त छन् । रास्वपा सर्पोटरहरुले सो कुरालाई सामाजिक संचालनमा ट्रोल बनाएपनि सरकारले दोषीलाई कारबाही गर्ने कुरामा पछि नहट्ने बताएको छ ।
लामिछाने विगतदेखि नै विवादित व्यक्ति हुन् । दोहोरो राहदानी र नागरिकता विवादले लामिछानेले गृहमन्त्री पद नै गुमाउनु परेको थियो । सो अवधिमा समेत रास्वापका नेता तथा कार्यकर्ता र रास्वपा लक्षित कानुन व्यवसायीहरु उनको बचाउमा लागेका थिए । लामिछानेले उक्त समयमा पनि सरकारले प्रतिसोध साँधेको भन्दै लामिछाने चर्को–चर्को स्वरमा,आफ्नो साथमा नेता तथा कार्यकर्ता र रास्वपाका सर्पोटरहरु लिएर सडकमा हिँड्थे । तर पछि लामिछानेले लाइन बसेर नागरिकता बनाएका थिए ।
लामिछानेको दोहोरो चरित्र पनि माओवादीसँग मिल्दो छ । त्यसैले लामिछानेलाई बेला– बेलामा बोक्दै आएको छ माओवादीले । रास्वपा र माओवादी लगायतका सत्ताविपक्ष दलहरु कांग्रेस र एमालेको सरकारलाई विघटन गरेर आफूहरु सरकारमा जाने लाइनमा छन् । तर सरकारले दुई ठूला दलको गठबन्धन लामोसमयसम्म टिक्ने प्रतिवद्धता नै जनाइसकेका छन् ।
लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिनुको प्रमूख कारण नै गोर्खा मिडियाको प्रबन्धक भएर विभिन्न चार जिल्लामा संचालनमा आएका सहकारी संस्थाबाट रकम ट्रान्फर गरेर गोर्खा मिडियामा पठाउनु । उनले एउटै चेक एक करोड पचास लाखको काटेको थिए ।
चार जिल्लामा बचतकर्ताहरुले संकलन गरेर बचत गरेको रकमहिनामिना गरेपछि कांग्रेस र एमाले नेतृत्वको सरकारले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गरेर अनुसन्धान अगाडी बढाएको थियो । लामिछानेलाई उच्च अदालतको आदेश बमोजिम रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको छ । लामिछानेलाई अहिले थुनामा राखेर अनुसन्धान भइरहेको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको थुनामा पठाउने आदेशपछि उनलाई थुनामा पठाइएको हो । कारागार प्रशासक सुरेश भण्डारीका अनुसार रविलाई ब्लक ४ नम्बरमा राखिएको छ । थुनामा लामिछानेलाई एक्लै राखिएको छ । यो ब्लकमा १० जना कैदी बस्ने क्षमता भएका ठाउँमा उनलाई राखिएको स्रोतको दाबी छ । कारागार चलान हुँदै गर्दा रविले कुनै माग नगरेको र आफूलाई एक्लै राख्नसमेत नभनेको भण्डारीको भनाइ छ ।
लामिछाने चार जिल्ला अदालतको आदेशमा यसअघि विभिन्न जिल्लामा गरी २ करोड २५ लाख धरौटीमा छुटेर थुनाबाहिर बसेर आफूमाथि लागेको मुद्धा लड्दै आएका थिए । तर पछिल्लो समय अदालतको फैसला नै सार्वजनिक नभइ,सरकारले प्रतिसोध साँधेको भन्दै सरकारको चर्को आलोचनामा थिए ।
गत चैत्र १५ गते देशको राजधानी काठमाडौं उपत्यकाको तीनकुने क्षेत्रमा विवादित मेडिकल व्यवसायी तथा धर्म संस्कति तथा नागरिक बचाउ अभियानका संयोजक र राप्रपाका नेताहरुको नेतृत्वमा गरेको राजावादी आन्दोलनमा विध्वंशकारी तथा हिंशात्मक आन्दोलन, एक पत्रकार सहित दुई जनाको मृत्यु र सार्वजनिक तथा नीजि सम्पतिमाथि आगजनी र तोडफोड समेत हुँदा समेत लामिछानेले सो घटनामा खुलेर बोलेनन् ।
सो घटनामा खुलेर नबोलेपछि माओवादी अध्यक्ष प्रचण्डले रविसँग असन्तुष्टि पोखेका थिए । आफूले कठीन समयमा सहयोग गरेको तर देशलाई अफ्ठ्यारो पर्दा लामिछाने नबोलेपछि प्रचण्ड रिसले चुर हुँदै रास्वपाको शैली र अवसरवादका रुपमा समेत उनले चित्रण गरेका थिए ।
त्यसपछि प्रचण्डले लामिछानेको विषयमा बोल्न छाडे । अहिले माओवादीका उपाध्यग्क्ष तथा गृहमन्त्री समेत बनेका नाराणकाजी श्रेष्ठले लामिछानेको संरक्षणमा रहेको स्पष्ट धारणा सार्वजनि गरिसकेका छन् । सो विषयलाई लिएर श्रेष्ठले सरकारको विरोध समेत गरे ।