काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा नयाँ शक्ति बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० हाल आन्तरिक विवादका कारण विभाजनको संघारमा पुगेको देखिन्छ।
सहकारी ठगीमा प्रकरणमा मुछिएका सभापति रवि लामिछानेको विषयलाई लिएर पार्टीभित्रका नेताहरूबीच विचार, नेतृत्व शैली, र भविष्यको मार्गचित्रमा मतभेद उत्पन्न भएको छ भने पार्टीको स्थायित्वमा प्रश्नचिह्न खडा गरेको छ।
रास्वपा सभापतिको विषयलाई लिएर पार्टीको नेतृत्व र आगामी पार्टीको भविष्यप्रति तीन धार उत्पन्न भएको देखिन्छ । सभापतिको विषयमा खुलेर विरोध गर्ने,सभापतिलाई बचाउन सरकारको विरोध गर्ने र सभापतिको विषयमा तटस्थ रहेर पार्टीको नेतृत्वलाई अगाडी बढाउने ।
सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका थिए । त्यसपछि रास्वपाभित्र आन्तरिक कलह सुरु भएको स्रोतको दाबी छ ।
नेतृत्वमा असहमति पार्टी अध्यक्षको निर्णय प्रक्रियामा पारदर्शिताको कमी र एकलौटी निर्णय लिने प्रवृत्तिप्रति केही नेताहरू असन्तुष्ट छन्। उनीहरू सामूहिक नेतृत्व र निर्णय प्रक्रियाको माग गरिरहेका छन्।
विचारधारात्मक भिन्नता ः पार्टीको मूल विचारधारा र एजेन्डामा एकरूपता नभएको भन्दै केही सदस्यहरूले असहमति जनाएका छन्। उनीहरू पार्टीको स्पष्ट नीति र कार्यक्रम आवश्यक रहेको बताउँछन्।
संगठनात्मक संरचना र भूमिकामा विवाद ः पार्टीभित्र पदाधिकारीहरूको भूमिका र जिम्मेवारीमा अस्पष्टता रहेको भन्दै केही नेताहरू असन्तुष्ट छन्। यसले कार्यसम्पादनमा प्रभाव पारिरहेको नेताहरु बताउँछन् । आन्तरिक विवादहरू समयमै समाधान नभए, रास्वपाले ठूलो समस्या भोग्नुपर्ने अवस्थामा पुग्न सक्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
रास्वाभित्रको कलह र आन्तरिक विवादले पार्टीलाई कम्जोर बनाएको भन्दै असन्तुष्ट नेताहरूले नयाँ समूह गठन गर्न सक्ने सम्भावना समेत आउन सक्ने संकेत समेत गरेका छन् । रास्वपाभित्र देखिएका हरेक प्रकारका विवादका कारण जनताको विश्वासमा गिरावट भएको छ । विगतमा जति रास्वपालाई नागरिकहरुले विश्वास गर्थे ,त्यती अहिले गर्न छोडेको बुझिएको छ।
रास्वापाले हामीभित्र कुनै त्यस्ता ठगीका काण्ड नभएको भन्दै जनतासामू स्पष्टिकरण दिएको थियो । तर पछि पार्टीभित्र विभिन्न किसिमका काण्डहरु क्रमशः सार्वजनिक हुन थालेपछि रास्वापालाई विगतमा हेर्ने दृष्टिकोण नागरिक समाजले गुमाइसकेका छन् । आन्तरिक कलहले जनतामा पार्टीप्रतिको नकारात्मक सन्देश गएको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्ना सभापति लामिछानेमाथि सहकारी काण्ड परेकाले उनको बचाउँमा लाग्दा आफ्नो राजनीतिक भविष्यमा संकट आउन सक्ने भन्दै केही नेताहरुले मुख समेत खोल्न थालेका छन् । सभापति लामिछाने सहकारी काण्डमा मुछिएपछि रास्वपाका नेताहरुले पार्टीलाई अगाडी बढाउन सकेका छैनन् ।
पछिल्लो समय गत चैत्र १५ गते राजावादीहरुले देशकै राजधानीमा भएको हिंशात्मक गतिविधिमा समेत लामिछानेले कित्ता किलियर गर्न सकेन । सो विषयमा समेत रास्वपाभित्र आन्तरिक विवाद रहेको छ ।




