राजनीति

पूर्वराजालाई प्रचण्डको कडा चेतावनी: अर्को गल्ती गरे बाँकी केही रहने छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन्।

प्रचण्डले काठमाडौं आयोजित समाजवादी मोर्चाको कार्यक्रममा नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गर्दै भने, “नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने प्रयास नगरियोस्। विगतमा उनले धेरै गल्ती गरे र त्यसको परिणाम पनि भोगिरहेका छन्।”

प्रचण्डले थपे, “यदि उनले अर्को गल्ती गरे भने, उनको लागि भोग्न बाँकी केही पनि रहने छैन। अब चेतावनी दिन चाहन्छु, खबरदार।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *