काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चयन प्रक्रिया अघि बढेसँगै आकांक्षीहरूले राजिनामा दिन थालेका छन्। तर, राष्ट्र बैंकले नयाँ गभर्नरको सिफारिस भएपछि मात्र राजिनामा स्वीकृत गर्ने गरी ‘होल्ड’ गर्ने निर्णय गरेको छ, जसका कारण केही अधिकारीहरू आफ्नो कार्यकाल पूरा गर्ने सम्भावना बाँकी नै छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले फागुन १८ गते नै राजिनामा बुझाएका थिए, जुन बुधबार मात्र सार्वजनिक भयो। उनले आफ्नो कार्यकाल बाँकी छँदै पदबाट राजिनामा दिएका हुन्। यसअघि, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पनि मंगलबार साँझ राजिनामा दिएका थिए।




