जलश्रोत/उर्जा

हितेन्द्र शाक्यलाई बक्यौता असुल्न ऊर्जामन्त्रीको निर्देशन,दुई हप्ताभित्र परिणाम देखाउने शाक्यको प्रतिबद्धता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। ऊर्जामन्त्री दीपक खड्काले उनलाई शपथ गराउँदै बक्यौता असुली प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

शाक्यको प्रतिबद्धता : दुई हप्ताभित्र परिणाम देखाउने

पदभार ग्रहणपछि शाक्यले प्राधिकरणलाई अघि बढाउने र बक्यौता समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। उनले भने, अबको दुई हप्ताभित्र सकारात्मक नतिजा देखिने गरी काम गर्छु। डेडिकेटेड र ट्रंकलाइन बक्यौता प्रक्रियागत ढंगले उठाइन्छ। बाहिरबाट ठीक देखिए पनि प्राधिकरण संकटमा छ।

कुलमान हटेपछि बक्यौता असुलीको जिम्मेवारी शाक्यलाई

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। कुलमानले उद्योगीहरूबाट बक्यौता असुल गर्न विद्युत् नियमन आयोगलाई पत्र पठाए लगत्तै बर्खास्तीमा परेका थिए।

कुलमान हटेपछि बक्यौता उठाउने मुख्य जिम्मेवारी अब हितेन्द्र शाक्यको काँधमा आएको छ। सो विषयमा अब सरकार र प्राधिकरणले कस्तो भूमिक निर्वाह गर्ला भन्ने विषयमा प्रश्न चिह्न खडा भएको छ।

अहिले ३४ वटा उद्योग बक्यौता असुलीको प्रक्रियाभित्रै आएका छैनन् भने अन्य उद्योगहरू किस्तामा बक्यौता तिर्दैछन् । बक्यौता तिर्न सुरु नगरेका केही उद्योग प्राधिकरणसँग प्रतिबद्धता व्यक्त गर्दै प्रक्रियामा आइसकेका छन् । गत असोज २४ गते सार्वजनिक सूचना निकालेर कात्तिक ८ सम्मको अल्टिमेटम दिँदै प्राधिकरणले बक्यौता नबुझाउने ४९ उद्योगको नाम सार्वजनिक गरेको थियो । उक्त सूचना प्रकाशित भएपछि ६ उद्योग बक्यौता भुक्तानीको प्रक्रियामा आए भने २ उद्योगले प्राधिकरणलाई पत्र लेखेर बक्यौता तिर्न तयार रहेको जानकारी गराएका थिए ।

 

बक्यौता तिर्न बाँकी ठूला उद्योगहरू :

जगदम्बा स्टिल : १ अर्ब ६० करोड १८ लाख

रघुपति जुल मिल : ८ करोड ५१ लाख

रिलायन्स स्पिनिङ मिल्स :७५ करोड ३७ लाख

अरिहन्त पोलिप्याक : ६ करोड ६२ लाख

शिवम् सिमेन्ट : ६६ करोड ८८ लाख

हामा आइरन : ५ करोड ८५ लाख

मारुती सिमेन्ट : ५७ करोड ४५ लाख

निगाले सिमेन्ट :५ करोड ८१ लाख

घोराही सिमेन्ट उद्योग : ५० करोड ८५ लाख

त्रिवेणी सिन्थेटिक यार्न :४ करोड ४० लाख

अर्घाखाँची सिमेन्ट : ४४ करोड ८४ लाख

विशाल सिमेन्ट : ३ करोड ३५ लाख

त्रिवेणी स्पिनिङ मिल्स : ३२ करोड १० लाख

बाबा जुट मिल : २ करोड ४९ लाख

सोनापुर मिनरल : २४ करोड ३० लाख

घराना फुड्स : १ करोड ८८ लाख

जगदम्बा सिन्थेटिक : २० करोड ५० लाख

सिद्धार्थ पेटप्लास्ट : १ करोड ८३ लाख

बुटवल सिमेन्ट : १८ करोड ४५ लाख

एसआर फुड्स : १ करोड ४८ लाख

अशोक स्टिल : १७ करोड ५८ लाख

गोयन्का फुड्स (रुपन्देही) :१ करोड ४८ लाख

हुलास स्टिल  :१४ करोड १२ लाख

पञ्चकन्या स्टिल उद्योग : ५२ लाख

हिमाल आइरन एन्ड स्टिल : १३ करोड ६५ लाख

श्याम प्लास्टिक उद्योग : ४९ लाख

अरिहन्त मल्टिफाइबर : ११ करोड ५३ लाख

भलवारी स्वचालित कारखाना : ३० लाख

युनाइटेड सिमेन्ट : ११ करोड ३७ लाख

पञ्चकन्या प्लास्टिक उद्योग : २५ लाख

कसमस सिमेन्ट उद्योग : ९ करोड ७७ लाख

एभरेस्ट रोलिङ मिल :१७ लाख

एभरेस्ट पेपर मिल : ९ करोड ४४ लाख

एसआर स्टिल उद्योग : १६ लाख

सरकारले बक्यौता उठाउन दबाब दिए पनि ठूला उद्योगहरूबाट असुली प्रक्रिया सहज नहुने देखिएको छ। हितेन्द्र शाक्यले सो विषयलाई चुनौती कसरी सामना गर्छन् भन्ने कुरा चासोको विषय बनेको छ।

लोडसेडिङ हटाउन प्रयासरत छु : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्व पाएका शाक्यले कसरी उठाउँलान् २२ अर्ब ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *