देश

भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं ।सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मिक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, जनमतका अध्यक्ष सिके राउत, जसपाका अशोक राईलगायत उपस्थित रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *