
काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि मतदान भइरहेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा बिहान ८ बजेबाट मतदान सुरू भएको हो।
अधिकांश क्याम्पसमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। केही ठाउँमा प्राविधिक समस्या र मतदाता कार्ड विवाद देखिएको छ। पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि मतदाता कार्डको विवादका कारण मतदान रोकिएको छ। रोकिएको मतदान सुचारु गर्ने विषयमा आपसमा छलफल भइरहेको स्रोतको दाबी छ । यस्तै आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले विरोध स्वरुप मतदान गरेका छन् । एमाले निकट विद्यार्थी संगठनले अन्तिम समयमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो । गएराति अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । फर्जी परिपत्र वितरण गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । आजका लागि तोकिएको चुनाव अनेरास्ववियुले ताला लगाएपछि स्थगित भएको छ ।
चुनाव गराउन माग राखेर सांकेतिक विरोध स्वरुप सडकमा नै मतपेटिका राखेर मतदान गरेको स्ववियुका उम्मेदवार समेत रहेका संगम राईले जानकारी दिए । मतपेटीकाको सुरक्षाका लागि प्रहरी प्रशासनलाई खबर गरेको उनको भनाइ छ । यस्तै रत्नराज्य लक्ष्मी क्याम्पस आरआर क्याम्पसमा रोकिएको चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघले पनि विरोध प्रदर्शन गरेको छ ।
अहिलेसम्म कुन क्याम्पसमा कति मत खस्यो ?
महाराजगञ्ज चिकित्सा क्याम्पसमा १० :४५ सम्म ४०० मत खसेको छ।
महेन्द्ररत्न क्याम्पस ताहाचलमा १०ः २५ सम्म २०० मत खसेको छ।
सानोठिमी क्याम्पसमा प्राविधिक समस्याका कारण मतदान ढिला गरी सुरू भएको छ।
काठमाडौं उपत्यकामा मतदान भइरहेका क्याम्पसहरूमध्ये प्रमुख क्याम्पसहरू :
थापाथली इन्जिनियरिङ क्याम्पस
पुल्चोक इन्जिनियरिङ क्याम्पस
नेपाल कमर्श क्याम्पस
महाराजगञ्ज चिकित्सा क्याम्पस
महेन्द्ररत्न क्याम्पस ताहाचल
पाटन संयुक्त क्याम्पस
त्रिविका ४५ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव भइरहेको छ, भने केही क्याम्पसहरूमा सहमतिका लागि प्रयास जारी छ।