काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । शुक्रबार बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय गरेको हो ।
समाजवादी मोर्चाले ‘१५ गते गर्न लागेको वृहत् प्रदर्शनमा हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय गरेको छ । संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने लगायतका निर्णय भएको स्रोतले जनाएको छ ।
मोर्चाले भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्शका लागि शनिबार दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ । विशेष गरेर समाजवादी मोर्चा पार्दशीतालाई प्राथमिकतामा राखेर देशको लोकतान्त्रिक तथा गणतन्त्रको रक्षाका लागि आवाज उठाउँदै आएको छ ।




