
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा योगी आदित्यनाथको फोटो बोकेर प्रचार प्रसारमा लागेका प्रदीपविक्रम राणा भागेर गोरखपुर पुगेको खुलासा भएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेपछि उनी भागेर गोरखपुर पुगेको स्रोतले जनाएको छ। गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेर राणाले लोकतान्त्रिक , गणतान्त्रिक व्यवस्थामाथि प्रहार गरेका थिए ।
पक्राउ पर्ने डरले अहिले राणाले भारतीय सञ्चारमाध्यम ‘नवभारतलाई आफूलाई नेपाल प्रहरीले पक्राउ गर्न खोजेको सन्देश दिएका छन् । उनले आफूलाई पक्राउ गर्न लागेको भन्दै भारतीय सञ्चार माध्यमलाई जानकारी गराउँदै भारतको सरणमा परेका छन् ।
५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर उत्तर प्रदेशको गोरखपुर आइपुगेको नवभारत टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप उनीमाथि लागेको छ ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किंदा राणा स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेका थिए । उनले राजा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर एकसाथ बोकेका थिएँ । उनले योगी हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आएको भन्दै वैश्विक नेता भन्दै उनको चर्चा गरेका छन् । उनले आफूले कुनै भारतीय नेताहरुसँग भेट नगरेको भन्दै उनकै चर्चा गरेका छन् । आफू नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ भन्ने पक्षमा संघर्षरत रहेको राणाको भनाइ छ ।
नेपालमा राजतन्त्र पुनर्वहाली गर्ने र फेरि नेपाललाई हिन्दु राष्ट्र बनाउने आफ्नो लडाइँ सास रहुन्जेलसम्म जारी राख्ने बताएका छन् । तर सो व्यवस्थालाई नेपाली राजनीतिक वृतले स्वीकार्न नसक्ने सरकारले आधाकारिक रुपमा घोषणा गरिसकेको छ । पूर्वराजा ज्ञानेन्द्रलाई नेपाल सरकारले राजनीतिमा आउने चाहना भए निर्वाचमार्फत आउन चेतावनी समेत दिइसकेको छ ।