देश

नो केबलकार समूह’ लाई फेरि वार्तामा आउन सरकारको अपिल

काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग गर्दै आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले फेरि वार्तामा आउन अपिल गरेको छ ।

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधानका गर्न आन्दोलनरत पक्षलाई पुन वार्तामा बस्न आग्रह गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै भट्टराईले वार्ताको माध्यमबाटै समस्याको शान्तिपूर्ण समाधान गर्ने उद्देश्यले केबलकार निर्माण स्थगित गरिएकाले आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन अपिल गरेको जनाएका छन् ।

सरकारी पक्षले यसअघि दुई पटक संवादका लागि आन्दोलनरत पक्षलाई बोलाइसकेको छ । एक पटक वार्ता भए पनि सहमति जुट्न नसक्दा ताप्लेजुङमा झडप बढ्न थालेपछि स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको छ । विभिन्न राजनीतिक दलहरुको पक्षमा रहेर परिचालित आन्दोलन पक्षले सरकारको ध्यानाकर्षणलाई नमान्दा नागरिक समाज तथा सुरक्षाकर्मीले ठूलो जोखिम मोल्नु परेको छ । सरकारले विगतदेखि नै वार्ताको माध्यमबाट सहमतिमा गएर विकासनिमार्णका कार्यलाई अगाडी बढाउन आग्रह गरेको थियो ।

तर कसैको दबाब र प्रभावमा परेर सरकारले गरेको विकास निर्माणको लक्ष्यलाई विफल पार्ने रणनीतिले आन्दोलनकारीले हिंश्रात्मक आन्दोलन गर्दै आएको छ । सरकारले पाथिभर धार्मिक तथा पर्यटकीय क्षेत्रमा विकास निर्माण र सुविधा पु¥याएर सोही क्षेत्रका नागरिकहरुलाई रोजगारीको वातावरण मिलाउने बारम्बार बताउँदै आएको छ । तर सो सरकारले गरेको निर्णयलाई राजनीतिकरण गरेर सत्ताप्रतिपक्ष दल लगायत अन्य आदिवासीजनजाती आन्दोलनलाई झन गम्भिर रुपमा अघि बढाइरहेका छन् । त्यसलाई सरकारले सकरात्मक रुपमा लिएको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *