काठमाडौं । प्रमुख तीन ठूला राजनीतिक दल कांग्रेस, एमाले र माओवादीले लामो समयपछि धेरै त्याग र तपस्पा गरी ल्याएको संघिय लोकतान्त्रि गणतन्त्र नेपालको विरोध गर्दै जनताका अधिकारलाई कुण्ठित गर्ने काम नगर्न आग्रह गरेका छन् । संघीय संसदबाट नै सत्तारुढ दलहरुले राजावादीहरु सलबलाउन थालेपछि खबरदारी गर्दै लोकतान्त्रि गणतन्त्रमास्ने काम गर्ने अधिकार पूर्वराजा ज्ञानेन्द्र र राजवादीहरुलाई नभएको उल्लेख गर्दै सत्तारुढ तीन ठूला राजनीतिक दलहरुले ज्ञानेन्द्र शाहलाई निर्वाचन प्रणालीलाई फलो गरी जनताबाट निर्वाचित भएर राजनीतिमा आउन सुझाव दिएका छन् ।
सत्तारुढ नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संसदमा बोल्दै पूर्वराजालाई चुनाव लडेर आउन चुनौती दिइन । पूर्वराजाले दिएको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै उनले आपत्ति समेत जनाएकी छिन् । वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरु नै समाजमा अराजकता फैलाइरहेको र पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा वर्तमान व्यवस्थामाथि ठेस पुग्ने गरी दिएको अभिव्यक्तिप्रति उनको गम्भिर आपत्ती छ । उनले ज्ञानेन्द्र शाहलाई शक्ति भए २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गरेर अघि बढ्न समेत सुझाव दिएकी छिन् ।
यस्तै राष्ट्रिय सभाका सांसद वामदेव गौतमले समेत पूर्वराजा शाहलाई निर्वाचनमा भाग लिएर सत्तामा आउन चुनौती दिए । गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक प्रणाली स्वीकारेर प्रधानमन्त्री बन्न शाहलाई चुनौती दिएका छन् । राजनीतिक पार्टीका नेताहरुले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित नहुने तर्क गर्दै उनले चुनाव लड्न शाहलाई सुझाव दिएका हुन् ।
एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराई २०८४ को निर्वाचनमा भाग लिन र संसदबाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास गर्ने अधिकार भएकाले संवैधानिक व्यावस्थालाई अंगालेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए । राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राजपरिवारकै व्यक्ति भएको र राजा वीरेन्द्रको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरु भएको स्मरण गराउँदै उनले
सत्तामा फर्कने पूर्वराजाको सन्देशलाई राप्रपाले स्वागत गर्दै पुनः नयाँ क्रान्तिको सुत्रपात गर्नुपर्ने धारणा बनाउनु गलत भएको टिप्पणी गरे । गणतन्त्र पक्षधर पार्टी र नेताहरुले पूर्वराजाको सन्देशलाई आलोचनात्मक टिप्पणी गरिरहेका छन् । पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरु फेरि सल्बलाउन थालेको टिप्पणी गरेका छन् । देशमा राजनीतिक परिस्थिति चुनौतिपूर्ण रहेको, सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा आक्रोश–असन्तुष्टि पोखिँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले पुनरागमन गर्न भन्दै दिवास्वप्ना देख्ने गरेकाले दलहरुले जनतको हितमा काम गर्न आवश्यक रहेको समेत उनले स्मरण गरे ।
काँग्रेसकै महामन्त्री गगन थापाले राजाका कारण देश विकामा २० वर्ष पछि परेको बताएका छन् । प्रधानमन्त्री एवं नेसपाका अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा शाहको अभिव्यक्तिले सीमा नाघेको र संविधानविरोधी भएको भन्दै उनलाई सरकारले नियन्त्रणमा लिनुपर्ने बताएका छन् । बाबुरामको भनाइको खण्डन गर्दै गगनले बोलेकै कारण पूर्वराजालाई पक्राउ गर्न वा मुख थुन्न सरकार र सत्तारुढ दलहरु जान नहुने प्रष्ट पारेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवस (फागुन ७) को पूर्वसन्ध्यामा एक भिडियो सन्देशले जारी गर्दै अब राजाले देश चलाउनुपर्ने र वर्तमान परिस्थिति बिग्रीएकै कारण आफू राजा बन्नु पर्ने र त्यसका लागि जनताले आफूलाई खोजेको अभिव्यक्ति दिएका थिए । त्यसपछि राजवादी राप्रपाले देशभरी आन्दोलन गर्दे भन्दै राजालाई बोकेल विभिन्न सरकारविरोधी अभिव्यक्ति दिदैँ सडकमा हिँडिरहेका छन् । राप्रपाले गणतन्त्रको विरोध गर्दै विकल्पमा राजालाई राजगद्धिमा राख्ने भन्दै अभिव्यक्ति दिन थालेपछि राजावादी राप्रपाको चौतर्फि आलोचना हुन थालेको छ ।
नेपालको राजनीतिक र वर्तमान सत्ता कति कमजोर जगमा अडिएको ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन नेपाली जनताको सहयोग चाहिएको पूर्वराजा ज्ञानेन्द्रले बताउँदै आएका छन् । तर लोकतन्त्र र गणतन्त्र ढालेर राजतन्त्रको विकास हुने कुरा आम देशवासी नागरिकका लागि सपनाको विषय हो ।




