काठमाडौँ। ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नको लागि गृह मन्त्रालयले पुन आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन गृह मन्त्रालयले आग्रह गरेको हो ।
यसअघि माघ २० गते मन्त्रालयद्वारा गठित वार्ता टोलीका संयोजक एवं गृह–मन्त्रालयका सह–सचिव प्रेम प्रसाद भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनरत पक्षलाई गम्भिर भई वार्ता एवं संवादमा आउनको लागि अपिल गरिएको छ ।
पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भिर भई वार्ता एवं संवादमा आउनको लागि विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
यसअघि आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजिकरण समितिबीच माघ २२ गते देखि निरन्तर रुपमा वार्ता एवम् संवाद भइरहेको व्यहोरा समेत जनाइएको छ ।





