काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार जारी थियो।
सोही विस्फोटमा परेर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलभने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आज अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । मेयर आचार्यलाई अलि बढी घाउ लागेकाले थप उपचारमा अस्पतालमा नै उपचार जारी थियो । डिस्चार्ज भएपछि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनले ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन साथ, सहयोग, र सुझाव अपेक्षित रहने पनि बताएका छन् ।




