काठमाडौँ ।सत्ता पक्षीय दलको बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयले बैठकको मिति तय भएको जानकारी दिँदै, यस बैठकमा अध्यादेशलगायतका महत्वपूर्ण विषयमा छलफल हुने जनाएको छ।
यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो, जसले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो। सत्ता पक्षीय बैठकमा टीआरसी (ट्रान्जिसनल जस्टिस कमिशन) का विषयमा पनि छलफल गर्ने तयारी सत्तापक्षको रहेको छ।




