
काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले संसदमा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयक विगतमा रास्वपाले उठाएको तर आज संसदमा दर्ता भएपछि सो विद्येयप्रति रास्वपाले विरोध गरेको बताएका छन् । प्रचण्ड सरकारको पालामा रास्वपाले सामाजिक संजाल नियमन गर्नुपर्ने र दुरुपयोग गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने सरकारसमक्ष माग राखेको उल्लेख गर्दै ढकालले आफ्नै मुल्य मान्यतालाई कुल्चिएर रास्वपाले विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल विधेयकका बारेमा समाजमा भ्रम फैलाएको भन्दै रास्वपाको आलोचना गरेका छन् ।
रास्वपाबाट निलम्बित महामन्त्री ढकालले सामाजिक संजाल फेसबुकमा एक स्टाटस जारी गर्दै रास्वपाको डबल स्टन्डप्रति आपति जनाएका छन् । उनले समाजिक संजालमा हिजो रास्वपाले उठाएको सामाजिक संजाल नियमन विद्येयक सरकारले संसदमा दर्ता गरेकोप्रति सरकारकारलाई धन्यवाद व्यक्त गरेका छन् ।
हिजो प्रचण्ड सरकारको पालामा टिकटक बन्द गर्दा हामीले टिकटक बन्दको विरोध गर्दै नियमन गर्न आवश्यक रहेको र सामाजिक सञ्जालहरू विधिवत रूपमा दर्ता गर्ने, सञ्जालको दुरूपयोग गर्ने विरूद्ध कडाभन्दा कडा कानुनी कारवाहि गरेर यसको सदुपयोग गर्न अभिप्रेरित गरेको उल्लेख गर्दै सो कुरा बताएका छन् । सामाजिक संजाल विद्येयकका बारेमा माघ १८ गते शुक्रबार सरकारले बोलाएको हिउँदे अधिवेशनमा रास्वपाले संसद अवरोध गर्ने योजनाका साथ क्रियाकलाप अगाडी बढाएपछि ढकालले यस्तो कुरा लेखेका हुन् ।
पूर्व महामन्त्री समेत रहेका रास्वपाको कारबाहीमा परेका ढकालले आफूले पार्टीभित्र फरक क्षमता राख्दा पार्टीले कारबाही गरेको भन्दै रास्वपाको दोहोरो चरित्रको खुलेर चर्को आलोचना गरेका छन् । उनले लेखेका छन् विधेयकले सामाजिक सञ्जालमा मुख छाड्न, तथानाम बोल्न नियन्त्रण गरेको छ । आफ्नो व्यक्तिगत दुनियाँमा एक अर्का साथीसँग जे गरे पनि मतलव हुने कुरा भएन, तर सारा संसारले देख्ने गरि अर्कोलाई मुख छाड्दै हिँड्ने प्रवृत्ति नियन्त्रण हुनै पर्छ । थुप्रै कलाकारदेखी सामाजिक व्यक्तित्वहरू र आम जनतासम्म यसको सिकारमा परेका छन् । साइबर सेना बनाइ मान्छेको चरित्र हत्या गर्न लागिपरेका छन् । र त्यस्तो प्रवृत्तिले दण्ड पाउनै पर्छ ।
उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् :
संसदमा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयकले हिजो रास्वपाले उठाएका मागको नै सम्बोधन गरेको छ । प्रचण्ड सरकारले टिकटक बन्द गर्दा हामीले टिकटक बन्दको विरोध गर्दै भनेका थियौँ ( सामाजिक सञ्जालहरू विधिवत रूपमा दर्ता गर्ने, सञ्जालको दुरूपयोग गर्ने विरूद्ध कडाभन्दा कडा कानुनी कारवाहि गरेर यसको सदुपयोग अभिप्रेरित गर्ने । अहिलेको संसदमा दर्ता भएको विधेयकले हामीले हिजो उठाएको मागको नै सम्बोधन गरेको छ तर विरोध गर्नेु नै धर्म मानिरहेका साथीहरूले हिजोको आफ्नै मुल्य मान्यतालाई कुल्चिएर विज्ञप्ति जारी गरेका छन् ।
सामाजिक सञ्जाल विधेयकका बारेमा समाजमा भ्रम फैलाइयो ।
👉🏽 व्यक्तिको व्यक्तिगत फेसबुक, टिकटक दर्ता गर्नुपर्छ भनेर भ्रम फैलाइयो । यो भ्रम हो , यिनीहरूका कम्पनि नेपालमा दर्ता हुनपर्छ भनेको हो । उनीहरूले दर्ता नगरे फेसबुक,टिकटक लगायत नेपालमा चल्दैन कि भनेर पनि डराउन पर्दैन, यस्ता कम्पनिहरूले नेपाल सरकारलाई अघिल्लो वर्ष मात्र ४१ करोड बराबर कर तिरेका छन् । त्यसैले दर्ता हुँदैन कि भनेर डर मान्न परेन ।
👉🏽 बोल्न रोक लगाइयो भनेर भ्रम फैलाइएको छ । बोल्न रोक लगाइएको होइन, फेक एकाउन्ट बनाउन रोक लगाइएको हो । फेक एकाउन्ट बनाएर दुनियाँलाई ह्यारेस गरेर आत्महत्यासम्म पुर्याउने प्रवृत्ति बढ्दो छ । यसलाई रोक्नु राम्रो हो । फेक अकाउन्ट बनाएर अरूलाई ह्यारेस गर्नेहरू फेक अकाउन्ट बनाउनपर्छ भन्दै छन् । नत्र सहि कुरा , राम्रा कुरा गर्न फेक अकाउन्ट किन बनाउनु पर्यो रु
👉🏽 विधेयकले सामाजिक सञ्जालमा मुख छाड्न, तथानाम बोल्न नियन्त्रण गरेको छ । आफ्नो व्यक्तिगत दुनियाँमा एक अर्का साथीसँग जे गरे पनि मतलव हुने कुरा भएन, तर सारा संसारले देख्ने गरि अर्कोलाई मुख छाड्दै हिँड्ने प्रवृत्ति नियन्त्रण हुनै पर्छ । थुप्रै कलाकारदेखी सामाजिक व्यक्तित्वहरू र आम जनतासम्म यसको सिकारमा परेका छन् । साइबर सेना बनाइ मान्छेको चरित्र हत्या गर्न लागिपरेका छन् । र त्यस्तो प्रवृत्तिले दण्ड पाउनै पर्छ ।
👉🏽 सामाजिक सञ्जालको सदुपयोग बढाउन र दुरूपयोग घटाउन यसले मद्दत गर्छ । कानुन नै किन चाहियो भन्दा , हलुका कानुनका आधारमा अपराधिहरू उम्कन थाले , सामाजिक सञ्जालको प्रदुषण नियन्त्रण बाहिर गयो । मानिसहरू आत्महत्या सम्म गर्न बाध्य पारिए, सामाजिक सञ्जालबाटै अरूलाई धम्की दिने प्रचलन शुरू भयो, जनताका घरबारसम्म बिग्रिए । त्यसैले राज्यले अभिभावकको भूमिका निर्वाह गर्दै यसलाई नियममा ल्याउनु राम्रो कुरा हो ।
मनपरितन्त्र गर्न पाइन्न , साइबर सेना राखेर सामाजिक सञ्जाल आफ्नो नियन्त्रण गर्न पाइन्न , मेरो यति लाख फलोअर छन् लेख्दिम भनेर ब्लाकमेल गर्न पाइन्न भन्ने डरले विरोध गरिरहेका छन् । सचेत बन्नुहोस् , सामाजिक सञ्जालको दुरूपयोगलाई रोक्न ल्याइएको कानुनको समालोचना गर्नु होस् तर यो हौवाको पछाडी नलाग्नु होला । संसदीय प्रक्रियाबाट विधेयकमा सुधार गर्ने ठाउँ त छँदै छ तर जसरी विधेयकको विरूद्ध नै साइबर सेना खटाउन थालिएको छ, आम नागरिकलाई सचेत बन्नलाई आग्रह गर्दछु ।
पार्टीमा लोकतान्त्रिक रूपमा फरक मत राखेकै आधारमा, हिजो मैले बोलेका कुरा र न्याधिशले हालसालै दिएको आदेश हुबहु मिल्दा पनि मलाई जे गरियो, इतिहास साँचि छ र आज तिनीहरू नै बोल्न पाउनपर्छ भन्दै छन् । यसैलाई ढोङ्गी चरित्र भनिन्छ । आफैँ सरकारमा हुँदा टिकटक बन्द गर्नेहरू पनि विरोध गरिरहेका छन् । ढोङ्गी राजनीतिबाट बच्नुहोस् ।
