राजनीति

कांग्रेसको भव्य कार्यक्रम : देशभरका जिल्ला सभापति र उपसभापतिले पोखरामा सहभागिता जनाउने

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल तथा लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको पार्टी नेपाली कांग्रेसले पोखरामा यही माघ २२/२३ गते भव्य कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुन लागेको हो । पोखरामा हुने सो कार्यक्रममा सबै जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण कार्यक्रम तय गरेको छ ।

नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार देशभरका ७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापति कार्यक्रममा सहभागी हुनेछन् । प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । सो कार्यक्रममा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालगायत नेताको उपस्थिति रहनेछ ।

कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर कास्की कांग्रेसले काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालले बताए । महत्त्वपूर्ण कार्यक्रम पोखरामा हुनु गौरवको विषय भएको सभापति बरालले बताए । सभापति बरालका अनुसार, कार्यक्रमलाई लक्षित गर्दै विभिन्न उपसमितिहरू गठन गरी काम अघि बढिरहेको छ ।

पछिल्लो समय नेपाली कांग्रेसले सत्ता प्रतिपक्षले विभिन्न फन्डा निकाल्न थालेपछि सबै संघसंगठनलाई चलायमान रुपमा संचालनमा ल्याएको छ । आगामी २०८४को निर्वाचनलाई झल्को दिने गरी नेपाली कांग्रेसले देशभरका सबै संगठनलाई सक्रिय बनाएको हो । सत्ताप्रतिपक्ष दल नेपाली कांग्रेस नेकपा एमाले नेतृत्वको सरकारले गरेका कामको विरोधमा उर्तिएपछि नेपाली कांग्रेसले पनि सबैलाई संघसंगठनलाई सक्रिय रुपमा देश र जनताका लागि काम गर्न निर्देशन दिइसकेको छ । नेपलाी कांग्रेसले पछिल्लो समयमा सरकारलाई सही मार्गमा हिड्न समेत सुझाव दिदैँ आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *