काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिको अत्यन्त महत्वपूर्ण पर्व “सोनाम ल्होसार” अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।
बिहीबार कांग्रेस सभापति देउवाले एक विज्ञप्ती जारी गरी सोनाम ल्होसारका अवसरमा सम्पूर्ण तामाङ समुदायलाई उत्प्रेरित गर्दै शुभकामना सन्देश दिएका हुन् । सभापति देउवाले पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा मिलेको विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीति रिवाज र परम्परा रहेको उल्लेख गर्दै सोनाम ल्होसारले जनजिवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताए ।
सभापति देउवाले जारी गरेको विज्ञप्तीमा तामाङ जातिहरु प्रकृतिप्रेमीका रुपमा चिनिन्छन् । सोनाम ल्होसारमा तामाङ जातिले कुलपूजा र प्रकृतिको पूजा गर्ने तथा अन्य समुदाय र सबै धर्मका व्यक्तिहरुलाई खुल्ला हृदयले स्वागत गर्दै विशेष गरी देशका विभिन्न भागहरुमा मनाईने सोनाम ल्होसार (नयाँ वर्ष)ले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाएको उल्लेख गरिएको छ । ।
पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने गरेको भन्दै सभापति देउवाले धर्म ,संस्कृतिको संरक्षण गर्न सबैलाई आग्रह गरेका छन् ।





