राजनीति

प्रधानमन्त्रीले हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा संसद्लाई सम्बोधन गर्ने भएका छन् । आइतबार सभामुख देवराज घिमिरेसँग सत्तारूढ दलहरूका प्रमुख सचेतकसँग भएको छलफलमा एमाले मुख्य सचेतक महेश बर्तौलाले सो तयारी भएको जानकारी दिए ।

सभामुखसँग छलफल गर्नुअघि बर्तौलाले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । त्यसपश्चात् उनले सभामुख सँग प्रधानमन्त्रीले पहिलो बैठकमा सम्बोधन गर्ने कुरा जानकारी गराएका थिए । अर्को बैठकले सबै कुरा सार्वजनिक गर्ने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *