
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत कानुन न्याय तथा मानवअधिकार समितिको बैठक सिंहदरबारमा जारी छ । सिंहदरवास्थित समितिको कार्यकक्षमा जारी बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेका विधेयकमाथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने एजेन्डा रहेको उच्च स्रोतले जनाएको छ ।
सो बैठकमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा कानुन मन्त्री अजयकुमार चौरसिया, श्रम मन्त्री सरतसिंह भण्डारीलगायत सांसदहरू सहभागी छन् ।