राजनीति

प्रधानमन्त्रीले बोलाए पत्रकार सम्मेलन, जनतामाझ फिँजाइएको भ्रमबारे स्पष्ट पार्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी गरिएका सुशासन प्रवर्द्धन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशहरूको विषयवस्तु सार्वजनिकीकरण गर्न आज (बुधबार) विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

प्राप्त जानकारीअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारस्थित सगरमाथा हल (कोठा नं. ४१३) मा आज दिउँसो ४ बजे हुने कार्यक्रममार्फत अध्यादेशका प्रमुख विषयवस्तु र तिनको कार्यान्वयनबाट हुने सम्भावित प्रभावहरूबारे जानकारी गराइने छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *