राजनीति

संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न कानुन बनाउन आवश्यक : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने गरी कानुन बनाउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार संघीयता सबलीकरणका सन्दर्भमा ललितपुरमा आयोजित कार्यक्रममा थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले संघीयतालाई बलियो बनाउन सबै तहलाई अधिकारसम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने र अधिकारसम्पन्न बनाउँदा बनाउँदा पनि समस्या समाधान नभए विकल्प रोज्नुपर्ने बताए ।

अहिले ठूला दल मिलेर सरकार गठन भएकाले सदनबाट कानुन बनाउन सहज हुने भएकाले संघीयता कार्यान्वयनसम्बन्धी कानुन बनाउन ढिलाइ गर्न नहुने समेत उनले बताए । महामन्त्री थापाले पुराना र नयाँ भनिएका दल समेत संघीयताप्रति उदार भने हुन नसकेको जिकिर गर्दै संविधान संशोधनका लागि आवश्यक विषयमा खुला रूपमा बहस र छलफल गर्न आवश्यकता रहेको उल्लेख गरे । संघीयता दुर्घटनामा पर्ने खतरा देखिएकाले समयमा नै सबैल सोच्नुपर्ने बेला आएको महामन्त्री थापाको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *