राजनीति

अध्यक्ष प्रचण्डलाई उपमहासचिव शर्माको चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा प्रभाकरले पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड०लाई कडा चुनौती दिएका छन् । मंगलबार माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा बोल्ने क्रममा उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई पार्टी अध्यक्ष निर्वाचनमार्फ छनोट गर्न र सबै नेताहरुको सम्पति विवरण सार्वजनिक गर्न चुनौती दिएका हुन् ।

उपमहासचिव जनार्दश शर्मा सो बैठकमा बोल्दै निर्वाचन प्रक्रियाबाट पाटी अध्यक्ष चयन गर्ने प्रचण्डको आँट नभएको बताएका छन् । विगतदेखी नै पार्टी अध्यक्ष जिम्मेवारी आफुले पाउनुपर्ने भन्दै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्न प्रचण्डलाई चुनौती दिदैँ आएका शर्माले आजको बैठकमा निर्वाचनबाट पार्टी अध्यक्ष चुन्ने तपाँईको आँट छैन् ? भन्दै प्रश्न गरेका छन् ।

नयाँ सोचका साथ उदायका शर्माले पार्टीमा कार्य क्षमताका आधारमा निर्वाचनमार्फत पार्टी अध्यक्ष चयन गर्नुपर्ने धारण प्रस्तुत गरेका छन् । तर लामो समयदेखि सर्वसहमतिमा पार्टीअध्यक्ष बन्दै आएका प्रचण्डले शर्माको विषयमा जवाफ दिन सकेनन् । शर्मालाई सो प्रश्न जवाफ दिनुको सट्टा नेकपा एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै शर्मामाथि हामिले एमालेजस्तो कारबाही नगरेको व्यँग गरेका छन् ।

शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्नेमा आफ्नो धारणा राखेका हुन् । विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको छ । अध्यषको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ? शर्माले अध्यक्ष प्रचण्डलाई प्रश्न गरे ।

पार्टीलाई प्राइभेट कम्पनीजसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना भइरहेको उल्लेख गर्दै शर्माले सो आलोचना चिर्नका लागि पार्टीको अध्यक्ष निर्वाचनबाट चुन्न प्रचण्डलाई चुनौती दिए । यस्तै नेपालमा भ्रष्ट्राचारका विभिन्न काण्ड सार्वजनिक भइरहेको भन्दै शर्माले पार्टीलाई पार्दर्शी बनाउ सबै माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग बनाउन समेत माग गरेका छन् । सो प्रश्नको उत्तर दिन अध्यक्ष प्रचण्डलाई निकै गाह्रो भएको छ ।

अध्यक्ष प्रचण्ड शर्माका कुनै पनि प्रस्ताव अगाडी बढाउन चाहदैनन् सोही कारण युवा नेता तथा कार्यकर्ताहरुले पनि प्रचण्डको एकलौटी निर्णयको भण्डाफोर गर्न शर्माको भनाइ पाटीमा लागू गर्न आवश्यक रहेको बताइरहेका छन् । युवाहरुले पार्टीको सेवा गर्दै हिँडिरहँदा आफूहरुले कहिल्यै पनि जिम्मेवारी पाउन नसकेको भन्दै असन्तुष्टी व्यक्त गरिरहेका छन् ।

‘पार्टीले सुशासनको अभियान सञ्चालन गरिरहेको सन्दर्भमा राजनैतिक नेताहरू प्रति उठिरहेका प्रश्नरआशंकाबारे सत्य तथ्य जनतासामु स्पष्ट गर्न पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्नेमा उपमहासचिव शर्माले माग गरेका छन् । तर प्रचण्डले सो कुरालाई स्वीकार्न सकेका छैनन् । शर्माको प्रस्तावमाथि आम माओवादी नेता तथा कार्यकर्ताहरुले ताली बजाइरहेका छन् तर प्रचण्डले भने आफू लगायत पार्टीका नेता तथा कार्यकताहरु मुछिन सक्ने भन्दै सो कुरालाई स्वीकार्न सकेका छैनन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा समेत आर्थिक पारदर्शिताको विषयलाई प्राथमिकता दिएका छन् । आर्थिक पारदर्शिता अपनाए पार्टीप्रति जनविश्वास बढाउन सकिने प्रतिवेदनमै उल्लेख गरेपछि शर्माले सो कुरा उठाएका हुन् । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।’ तर सो कुरा अब प्रचण्डले कार्यान्वयनमा ल्याउलान त ?

प्रत्येक वर्ष पार्टी केन्द्रीय समितिका सदस्यहरूले सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव पनि कार्ययोजनामा उल्लेख छ । जनप्रतिनिधि र राजनीतिक नियुक्ति लिएका व्यक्तिले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने भनिएको छ ‘तीनै तहमा सरकारमा सहभागी भएका, संघीय सांसद तथा प्रदेश सभाका सदस्य रहेका उच्च तहको राजनीतिक नियुक्तिको जिम्मेवारीमा रहेका कमरेडहरूले जिम्मेवारी पाएका एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने छ र सेवा अवधिभर हरेक वर्ष अद्यावधिक गर्नुपर्नेछ’ प्रतिवेदनमा उल्लेख छ ।

प्रचण्डको प्रतिवेदनउपर धारणा राख्दै उपमहासचिव शर्माले पार्टीले सुशासनको अभियान सञ्चालन गरिरहेका तर, राजनैतिक नेताहरूप्रति प्रश्नरआशंका उठिरहेको बताएका हुन् । प्रश्न र आशंकाबारे सत्य तथ्य जनतासामु स्पष्ट गर्न पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने उनले प्रस्ताव राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *