राजनीति

वामदेवलाई हतारो, आज पनि पुगे आलोकनगर

काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतम पार्टी एकताबारे छलफल गर्न एकीकृत समाजवादीको मूख्यालय आलोकनगर पुगेका छन् । सोमबार पनि आलोकनगर पुगेका थिए । तर, उक्तदिन कुरा नमिलेपछि उनी यसै फर्किएका थिए ।

आलोकनगरमा गौतम एक्लै पुगेका छन् भने समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा र निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल पार्टी मूख्यालयमका आएका छन् ।

गौतम एकीकृत समाजवादीक अध्यक्ष नेपालसँग छलफल गर्न सोमबार दिउँसो आलोकनगर पुगेका थिए । तर, माधवसँग कुरा मिल्न सकेको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *