काठमाडौं । नेपाली कांग्रेससँग सत्ता साझेदार दल नेकपा एमालेले आज काठमाडौंको दरबारमार्गमा जागरणसभा आयोजना गरेको छ । नेकपा एमालेले उपत्यकाका तीन वटा जिल्ला कमिटिको समन्वयमा आयोजना गरिएको जागरण सभा सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको कानुन विपरित कार्य गर्नेलाई सरकारले कानुनी दायरामा ल्याउँदा सरकारमाथि चौतर्फी बिरोध गर्नु घातक भएको बताएका छन् ।
सरकारले गरेका राम्रा कामको प्रशंसा गर्दै अझ राम्रो गर्न प्रतिपक्ष दलहरुले सहयोग गर्नुको सट्टा सत्तामा आउन विभिन्न गैरजिम्मेवारीपूर्ण कार्यमा गरेको बताउँदै कांग्रेस र एमाले दुई ठूला शक्ति मिलेर अगाडी बढेको सरकारलाई कसैले पनि फुटाउन नसक्ने बताए । देशको स्थायीत्व काम गर्ने बनेको कांग्रेस र एमालेको समिकरण आगामी २०८४ को निर्वाचनसम्मैँ कायम रहने प्रधानमन्त्रीले बताए । अराजकतावादीले जबरजस्ती निराशा छर्न खोजेको भन्दै त्यसलाई चिर्नका लागि एमालेले जागरण सभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई राजनैतिक संस्कारको विकास गरी सत्तापक्षको विरोध गर्नु भन्दा देशको विकासमा लाग्न समेत आग्रह गरे ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, पार्टीका सचिवहरू, अनुशासन आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार अध्यक्ष, स्थायी कमिटी सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, जनसंगठनका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो। जागरण सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोख्रेलले सम्बोधन गरेका थिए । कार्यक्रममा ओलीले एमालेकाबारेमा उठेका विभिन्न प्रश्नको स्प्रष्टीकरण दिए ।
दुर्गा प्रसाँईले गरेको कुप्रचार : कम्बोडियामा लगानी
प्रधानमन्त्री ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूले कम्बोडियाको टेलिकममा अर्बौ लगानी गरेको भन्दै सार्वजनिक गरेको फेक भिडियो र डकुमेनटका बारेमा खण्डन गरेका छन् । प्रसाँईले अराजकतावादी गतिविधि गर्दै फेक डकुमेन्ट तयार गरेर आफुलाई पतन गराउन कम्बोडियामा ठूलो लगानी भएको बताएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । उक्त भिडियो प्रकरणप्रति लक्षित गर्दै अमेरिकाको बैंकमा भएको आधा सम्पत्तिपनि आफ्नै भएको ठट्टा गरे । प्रधानमन्त्री ओलीले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर) लगानी नभएको स्पष्ट पार्दै उनले एमाले विरोधीहरुलाई नेपालबाट कम्बोडिया गएर हेर्न समेत चेतावनी दिए । उनले यस्ता कुपरचार र देशमा द्वन्द्व निम्त्याउने गतिविधि गर्ने सबैलाई कानुन अनुसार कारबाही हुने बताए । देशमा शान्ति स्थापना गर्न सबैले सत्य ,तथ्य र विश्वसनीयता प्रमाणका आधारमा मात्र बोल्नु उचित हुने बताए । प्रधानमन्त्री ओलीले नेकपा एमालेका नेताहरु कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ गतदेखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आइपिटिपी) को ११औँ प्लेनरी सेसनमा भाग लिन जाने क्रम जारी रहेको बताए । सोही सभालाई सम्बोधन गर्न सभामुख देवराज घिमिरे पनि आज जाँदैहुनुहुन्छ उनले भने
कांग्रेस र एमालेको सत्ता समिकण र सरकारको भविष्य
प्रधानमन्त्री ओलीले अहिल्यै सरकार ढल्छ भन्दै गरेको प्रचारको पनि खण्डन गरेका छन् । उनले ०८३ सालको असारसम्म आफू प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्रा सुम्पिने उदघोष गरे । उनले सरकारको आयुबारे बोल्दै अब १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए । ओलीले एमालेतिर औंला ठड्याएर नबोल्न समेत चेतावनी दिए । “कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”
चिनियाँ परियोजना बीआरआई
प्रधानमन्त्री ओलीले कार्यक्रममा बोल्दै सर्वाधिक चासोको रुपमा हेरिएको चिनियाँ सहयोग परियोजनाबारे पनि बोलेका छन् । ओलीको आसन्न चीन भ्रमणको बेला बीआरआईमा हस्ताक्षर हुने चर्चा गरे । सत्ता साझेदार दल नेपाली कांग्रेस बीआरआई ऋणमा लिन नहुने अडानमा छन् । बीआरआईलाई लिएर सत्ता समीकरण नै संकटमा पर्ने गरी आफु उक्त परियोजना ऋणमा लिन सक्ने अवस्था नरहेको बताएका हुन् । ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थित र अवस्था पनि छैन । तर हामीले उत्पादन बढाउनुपर्छ । आफैँले उन्नति गर्नुपर्छ’, प्रधानमन्त्रीले भने ।
नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स -(बीआरआई) अन्तर्गतका परियोजनाहरु ऋणमा लिन नहुने स्पष्ट गरेको छ । शुक्रबार कांग्रेसले आयोजना गरेको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलमा चीनको बीआरआई अन्तर्गतका परियोजना लिने तर ऋणमा भने लिन नसकिने स्पष्ट गरेको हो । छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईको समझदारी पत्रमा आफैंले हस्ताक्षर गरेको बताउँदै समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगको कुराहरु उल्लेख भएपनि अहिलेसम्म कार्यान्वयन नभएको बताए । डा. महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै र अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन् ।
उनले भने– ‘हामीले बीआरआई हुँदैन भनेको छैनौं । मैले नै त्यसबेला समझदारीपत्रमा हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरु छन् । कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरी कनेक्टिभिटीको कुरा आउँदा सुरुङमार्ग र सडकमा अनुदान सहयोग दिनुपर्यो । अनुदानमा नै धेरै प्रतिवद्धता गरेको चिनियाँ सरकारले कयौं वर्षदेखि कार्यान्वयन भएको छैन ।’ डा. महतले अनुदान नै कार्यान्वयन नभएको अवस्थामा ऋणको कुरा गरेर के अर्थ रु भन्दै चिनियाँ सरकारसँग मात्रै होईन, जुनसुकै सरकारसँग पनि अहिले ऋण लिने कुरामा जान नहुने बताए । प्रधानमन्त्रीले ओलीले आजको जागरण सभामा बोल्दै सो कुरा व्यक्त गरेपनि एमाले सिङ्गो टिम बिआरआई परियोजना ऋणमैँ भएपनि स्वीकार्ने बताउँदै आएको छ । प्रधानमन्त्री ओलीले उक्त परियोजनामा सत्ता साझेदार दल नेपाली कांग्रेसँग साझा धारणा बनएर अघि बढ्ने बताएका छन् । नेपाली कांग्रेस भने चिनिया बिआरआई परियोजना कुनै पनि हालतमा ऋणमा नलिने अडानमा छ । काग्रेसले उक्त परियोजना कार्यान्वयन नहुनुका कारणहरु खोज्न प्रधानमन्त्रीलाई आग्रह गर्दै आएको छ ।
सहकारी ठगी प्रकरण र रास्वपाको गतिविधि
प्रधानमन्त्री ओलीले जागरण सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले रास्वपालक्षित पनि टिप्पणी गरेका छन् । सहकारी ठगीको आरोपमा रास्वपा सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । रास्वपाले रविलाई पक्राउ गरेर सरकारले प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई खण्डन गर्दै ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए। ओलीले रास्वपालाई लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने रु’आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको उल्लेख गरे । सहकारी ठगी प्रकरणमा करोडौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका आफ्ना सभातिलाई रिहाइको माग गर्दै रास्वपाले अदालत र अनुसन्धानलाई प्रभावित पार्ने गरी सडकमा शक्ति प्रदर्शन गर्दै सरकारको विरोधमा उर्तिएको थियो ।पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी बचतकर्ताहरुको करोडौँ रकम हिनामिना गरेको आरोप लागेको छ ।
देशभरीका पाँच सहकारीबाट लामिछानेसहित जीवि राई , छविलाल जोशीसमेतको सिङ्गो टिमले सहकारीका बचतकर्ताहरुको रकम हिनामिना गरेको सहकारी अनुसन्धान गर्न गठित संसदीय छानबिन र काठमाडौँ उपत्यका केन्द्रिय अनुसन्धान व्युरो सिआईबीले समेत करोडौँ रकम रविले हिनामिना गरेको निष्कर्ष निकालेको छ । सोही आधारमा रविमाथि अहिले विभिन्न केशमा अनुसन्धान जारी छ । लामिछानेमाथि सरकारले संगठीत अपराध, जालसाझीँ , सम्पत्ति शुद्धीकरण र ठगीमा मुद्धा चलाएको छ । सहकारी ठगी प्रकरणमैँ रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । साहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था तथा कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो । रवि कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् । यसअघि रविलाई पक्राउ गर्न कास्कीसहित रुपन्देही र काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको छ । अहिले सहकारी पीडितहरुले आफुहरुले आफ्नो सुनौलो भविष्यका लागि सहकारीमा बचत गरेको रकम हिनामिना भएपछि सो रकम फिर्ता गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसहित देशका विभिन्न स्थानमा ¥याली जुलुश र शान्तिपूर्ण आन्दोलन जारी राखेका छन् ।
विद्युत महशुल भुक्तानी विवाद :
प्रधानमन्त्री ओलीले डेडिकेटेड लाइन र टं«क लाइन विवाद मिलाउन नसक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बारेमा पनि टिप्पणी गरेका छन् । कुलमानले प्राधिकरणमा बसेर देशलाई आर्थिक संकटतर्फ धकेले बताए । कुलमान घिसिङले उद्योग व्यावसायीको माग र नेपालको प्रचललित कानुनको अधिनमा रहेको उद्योगहरुमा जोडिएको लाइन नकाटेको भए अहिले देशको आर्थिक अवस्था सुधारमा केही राहत मिल्थ्यो उनले भने ।
‘बक्यौता नउठाउने, अनि विद्युतको लाइन काट्ने ररु अहिले सरकारले भनिरहेको छ– बक्यौता उठाउ । विद्युत महशुल आयोगले जे भनिरहेको छ, त्यसअनुसार, टीओडी मिटर, दैनिक खपत गरेको विद्युतको मिटरमा आएको हुन्छ । त्यो मिटरको बिलअनुसार पैसा असुल गर, तुरुन्त असुल गर । लाल आयोग बन्यो, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर । महशुल नउठाउने, अनि विद्युतको लाइन काटेर देशको अर्थतन्त्र, देशको उद्योगहरुलाई बन्द गरिदिने, मजदुरहरुलाई बेरोजगार बनाइदिने, निर्यात चौपट बनाइदिने, उत्पादन खत्तम बनाइदिने यस प्रकारका षड्यन्त्रहरु भइराखेको प्रधानमन्त्री ओलीले बताए ।कुलमान घिसिङले सरकारले दिएको निर्देशनको समेत पालन नगरी उद्योगी व्यावसायीहरुलाई धम्क्याउँदै आएका छन् । कुलमान घिसिङकै कारण अहिले नपाल विद्युत प्राधिकरण टाट पल्टने अवस्थामा पुगेको छ ।
प्रचण्डको अभिव्यक्ति चाइना कार्डको खण्डन
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको चाइना कार्डको अभिव्यक्तिप्रति खण्डन गरेका छन् । केही दिन अघि प्रचण्डले भारतीय अनलाइनलाई अन्तवार्ता दिँदै ओलीले भारत चिड्याउन चाइना कार्ड खेलेको टिप्पणी गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्ति एमालेले संस्थागत रुपमा नै खण्डन गरिसकेको छ । सो अभिव्यक्तिबारे ओलीले पनि टिप्पणी गरेका हुन् ।
‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं। कतिले के के न व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो । कस्तो हुन्छ परिपरिक्ता भनेको भन्दै प्रचण्डलाई उनले प्रश्न गरे । कता जानुपर्नेरु धर्मशास्त्रमा लेखेको छ कि, संविधानमा लेखेको छ कि, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनु भयो भन्दै प्रचण्डले उठाएको अभिव्यक्तिमाथि कडा प्रश्न उठाएका छन् ।
ओलीले एमालेलाई नाङ्लो ठटाएर तर्साउने सपना नदेख्न चेतावनी दिएका छन् । जनसभालाई सम्बोधन गर्दै ओलीले एमाले सीतिमिती धाकधम्कीले एमाले नतर्सिने प्रधानमन्त्री ओलीले बताए । ‘केही मान्छेहरु हात्तिको बथानमा गएर नाङ्लो ढ्याङ्ढ्याङ पारेर हात्ति तर्साउन खोजिरहेका छन् । एमाले भनेको हात्तिको बथानजस्तो हो । यहाँ नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैनन्,’– उनले भने । बाहिर फैलाइएको अफवाहको कुनै प्रवाह नगरी लगानी गर्न समेत व्यवासायीहरुलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।




