काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेर कांग्रेस नेताहरुसँग छलफल थालेका छन् ।छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेसका महामन्त्री गगन थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत सहभागी छन् ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार पनि छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणअघि नै मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चा राजनीतिक वृत्तमा छ ।




