राजनीति

रामवीर पुनः एमालेमा

काठमाडौं । पूर्वसांसद रामवीर मानन्धर नेकपा एमालेमा नै सक्रियताका साथ फर्किएका छन् । ०७९ को चुनावपछि छुट्टै उम्मेदवारी दिएका मानन्धर एमालेमा निष्कृय भएका थिए ।

काठमाडौं महानगरको १६ नम्बर वडामा उपनिर्वाचन हुने भएपछि मानन्धर एमालेमा नै फर्किएका हुन् । एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले मानन्धर एमालेको कार्यक्रमहरुमा सक्रिय भएको जानकारी दिए । एमालेले उनलाई एमालेमा सक्रियता देखाउन आग्रह गरेपछि मानन्धर एमालेमा सक्रियताका साथ लागेको जानकारी दिए ।

उनले विगतमा पाटी भने छोडेका थिएनन् । एमालेबाट अलग भएको घोषणा नगरेकाले मानन्धरको प्रवेश कार्यक्रम आवश्यक नभएको उल्लेख गरिएको छ । मानन्धरले पनि एमाले उम्मेदवार जिताउनेगरी आफू सक्रिय भएको बताए । २१ हजार मतदाता रहेको यो क्षेत्रबाट मानन्धरले दुईपटक वडाध्यक्ष जितेका थिए । २०४९ र २०५४ को चुनावमा उनले यही वडाबाट वडाध्यक्ष जितेका थिए । २०७० र ०७४ को चुनावमा काठमाडौं–७ बाट मानन्धर सांसद बने । ०७७ मा राज्यमन्त्री बने पनि तत्कालीन नेकपाको विवादसँगै मानन्धर एमालेको संस्थापनबाट अलग भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *