देश

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *