काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको ६५ करोड ५४ लाख रकम गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजन संचालनका क्रममा गरेको हिनामिना प्रकरणमा सरकारको निर्देशनमा प्रहरीले पक्राउ गरेर विधिको शासन अनुरुप आरोपितमाथि अनुसन्धान गरिरहेको बेला रास्वापाले विधिको शासनविपरित रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन जारी राखेको छ ।
गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रबन्धक निर्देशक रहेका रवि लामिछानेले करोड –करोड चेक काटेर सहकारीको रकम हिनामिना गरेको तथ्य समेत सामाजिक संजालमा सार्वजनिक भएको निकै लामो समय भइसकेको छ । उक्त विषय सहकारी प्रकरण अनुसन्धानका लागि बनेको संसदीय छानविन समितिले प्रतिवेदनमा समेत उल्लेख छ ।
रवि लामिछानेले नै उक्त समिति गठन गरेर आफु दोषी भए कारबाही भोग्न तयार रहेको बताएका थिए । उक्त प्रकरणमा दोषी ठहर भइ पक्राउ परेपछि रास्वपा सभापति लामिछानेको सातो उडेको छ । सभापति लामिछानेको मात्र होइन् रास्वपाको समेत सातो गएको छ । अघिल्लो प्रचण्ड नेतृत्वकोे सरकारमा आफु गृहमन्त्ती भएको बेला संरक्षणमा परेका सभापति लामिछानेलाई देशमा शुसासन कायम राख्न र राजनीति स्थिरताका लागि बनेको नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले रविलाई पक्राउ गरेपछि रास्वपाले सरकारविरुद्ध नारा लगाई रविको संरक्षणमा नेता कार्यकर्ता तथा वकिलहरुसमेत परिचालन गरेर सडकमा भिड जम्मा गरिरहेको छ । तर गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्ती केपी शर्मा ओलीले सरकार विधिको शासन अनुरुप चलेकाले सडकमा भिड जम्मा गरेर सहकारी प्रकरणका आरोपित लामिछानेमाथि भइरहेको अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै त्यसो नगर्न आग्रह समेत गरेका छन् ।
गृहमन्त्री रमेश लेखकले सडकको भिडले सहकारी पीडितको समस्याको हल गर्न नसक्ने र दोषीलाई कारबाही गर्न नसक्ने भएकाले देशमा देखा परेको समस्या हल गर्न सरकार लागि परेको बताएका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अनुसन्धान प्रभावित पार्न विभिन्न अनैतिक क्रियाकलापमा संलग्नलाई सरकारले कानुनबमोजिम कारबाही गरि सहकारीको समस्या हल गर्ने दिशामा सरकार लागि परेको प्रष्ट पारेका छन् ।
सरकारको निर्देशनमा विधिको शासनका आधारमा प्रहरीले सहकारी प्रकरणका दोषी रास्वपा सभापतिमाथि निष्पक्ष छानबिन गरिरहेका बेला रास्वपाले दोहोरो चरित्र देखाएको छ । रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा उन्मुक्ति दिन माग गर्दै गृहमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने गरेको नेकपा एमालेका नेता विष्णु रिजालले बताएका छन् । नेता रिजालका अनुसार प्रधानमन्त्री निवास बालुवाटार र गृहमन्त्री निवास पुलचोक पुगेर रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले रवि लामिछानेलाई छुटाइदिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमा उल्लेख गर्दै नेता रिजाले दिनभरी प्रधानमन्त्री विरुद्ध गालीगलौज गर्ने र राति राति रविजीलाई बचाईदिनुपर्यो भनेर हारगुहार गरेको बताएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने यस अघि पनि पक्राउ पर्ने संकेत पाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटर सहकारी प्रकरणमा आफुलाई निर्दोष देखाइ पक्राउ नगर्न हार गुहार मागेका थिए । तर विधिको शासन अनुरुप सभापति देउवा र ओलीले सहकारी प्रकरणका दोषी लामिछानेलाई बचाउन चाहेनन् ।
अहिले बनेको नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले देशमा शुसासन कायम राख्दै विधिको शासन अनुरुप चलेकाले शक्ति र सक्ताका आधारमा कुनै पनि भ्रष्ट्राचारका आरोपितलाई उन्मुक्ति दिनु हुँदैन् । सरकारले दोषीलाई शक्ति र सत्ताका आधारमा उन्मुक्ति दिए जनताले सरकारलाई हेर्ने दृष्टिकोण मात्र परिवर्तन हुँदैन् विधिको शासनसमेत उल्लङघन हुन्छ । सरकारले सहकारी प्रकरणमा दोषीलाई कारकाही गरि देशभरीका सयौँ सहकारी पीडितको रकम फिर्ता गरेर शुसासन कायम गर्ने विषयमा पछि पर्नु हुँदैन् ।
विधिको शासनको पालना गर्ने अभिव्यक्ति दिने रास्वपाले अहिले सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि सरकारले गरिरहेको अनुसन्धान प्रभावित पार्न सरकारविरोधी कार्यक्रमहरु जारी राख्दै सडकमा जाम गरेपछि रास्वपा ओरालो यात्रामा लागेको जनताले पुष्टि गर्न थालेका छन् । रास्वपालाई सरकारले र अदालतले समेत सडकमा भिड जम्मा गरे शक्ति प्रदर्शनका आधारमा भ्रष्ट्रचारका आरोपितले न्याय नपाउने भन्दै संयमित हुन आग्रह गरेको छ ।
सुर्यदर्शनको बयान सकेपछि सभापति लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी संस्थामा भएको बचतकर्ताको रकम अनियमितामा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी रहेको छ ।
उक्त सहकारीबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सहकारीमा लगानी गरिएको संसदीय छानबिन समितिको प्रतिवेदनले जनाएको छ । थप ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा लगिएको छ । रवि संलग्न अन्य सहकारीको अनुसन्धानको सुरुवात् स्वरुप रुपन्देहीको सुप्रिम सहकारी ठगीमा प्रकरणमा प्रहरीले उनलाई पक्राउ गर्न अनुमति दिइसकेको छ । जिल्ला अदालत, रुपन्देहीले ८ कात्तिकमा उनलाई ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
यस्तै मंगलबार बालुवाटारमा प्रदर्शन शुरु गर्ने तयारीलाई तिव्रता दिईरहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यकर्तालाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेको विरोधमा बालुवाटारमा प्रदर्शन शुरु गर्नेक्रममा रहेको छ । सो क्षेत्र निषेधित क्षेत्र भएपछि प्रहरीले रास्वपा कार्यकर्तालाई त्यहाँबाट जान आग्रह समेत गरिरहेको छ । रास्वपा शुसानविरोधी गतिविधीमा लागेपछि आन्दोलनबाट हुने क्षेति न्युनीकरणका लागि प्रहरी र सरकारले आन्दोलन र राज्यविरोधी कार्यक्रम नगर्न आग्रह गरेको छ ।




